काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) क्रिकेटमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। उनले सबैभन्दा छिटो १५० विकेट पूरा गर्ने विश्वकै पहिलो खेलाडी बनेर इतिहास रचेका हुन्।
सन्दीपले ICC Cricket World Cup League-2 अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा ३ विकेट लिँदै यो उपलब्धि हासिल गरेका हुन्। उनले केवल ७३ ODI खेलमा १५० विकेट पूरा गर्दै अष्ट्रेलियाका मिचेल स्टार्कको ७७ खेलको पुरानो विश्व कीर्तिमान तोडे।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सन्दीपले जर्ज मुन्से, ब्रान्डन म्याकमुलन र म्याथ्यु क्रसलाई आउट गरेका थिए।
यसअघि पनि सन्दीप सबैभन्दा छिटो १०० ODI विकेट लिने विश्व कीर्तिमानधारी खेलाडी बनेका थिए। उनले ४२ खेलमै १०० विकेट पूरा गरेका थिए।
सन्दीपको यो ऐतिहासिक उपलब्धिपछि नेपाली क्रिकेट समर्थकहरू उत्साहित बनेका छन् भने सामाजिक सञ्जालमा उनलाई बधाई दिनेहरूको ओइरो लागेको छ।
प्रतिक्रिया