सन्दीप लामिछाने युएईमा हुने आईसीसी क्रिकेट विश्वकप लिग टुको खेल खेल्न नजाने भएका छन् । युएई जाने खेलाडीको सूचीमा सन्दीप लामिछानेको ठाउँमा प्रतिस जिसीलाई राखेको नेपाल क्रिकेट संघ क्यान जनाएको छ ।
नेपालले लिग टु अन्तर्गत फागुन १५ गतेदेखि २२ सम्म युएई र पपुवा न्युगिनीसँग खेल्दैछ । पहिलो खेल पपुवा न्युगिनीसँग १५ गतेको खेल खेल्ने नेपाली टोली १३ गते नै युएई जाँदैछन् ।
नाबालिक बलात्कारको आरोप लागेका सन्दीप लामिछानेको मुद्धा जिल्ला अदालत काठमाडौंमा अझै विचाराधीन छ । उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाडेपश्चात क्यानले घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियाविरुद्धको खेलमा उनलाई टिममा राखेको थियो । तर उच्च अदालतले धरौटीमा छाड्ने आदेश दिँदा सन्दीपलाई विदेश जान नपाउने आदेश उल्लेख गरेको थियो । कानुनी अड्चन हुने भएपछि विदेशमा हुने सिरिजका लागि क्यानले सन्दीपलाई समावेश नगरेको स्रोतले बताएका छन् ।
प्रतिक्रिया