एएफसी एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’ को अन्तिम खेलमा नेपाल लाओससँग १–० ले पराजित भएको छ।
लाओसमा सम्पन्न खेलमा घरेलु टोलीका कप्तान बौनफाचन बौनकोंगले ४८औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेपालले केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन। दोस्रो हाफको सुरुआतमै गोल खाएपछि नेपाल दबाबमा परेको थियो।
नेपालले बराबरीका लागि प्रयास गरे पनि अन्तिमसम्म गोल फर्काउन नसक्दा पराजय बेहोर्न बाध्य भयो।
यस हारसँगै नेपालले समूह चरणको यात्रा निराशाजनक रूपमा टुंग्याएको छ। नेपालले छनोट चरणमा ६ खेलबाट जम्मा ३ अंक मात्र जोड्न सफल भयो।
यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको नेपालका लागि यो खेल औपचारिक मात्र भए पनि प्रदर्शन सन्तोषजनक रहन सकेन।
प्रतिक्रिया