इटाली लगातार तेस्रो पटक विश्वकपबाट बाहिर - Khel Sarokar

इटाली लगातार तेस्रो पटक विश्वकपबाट बाहिर

Khel Sarokar

खेल सरोकार

इटाली लगातार तेस्रो पटक विश्वकपबाट बाहिर

युरोपेली फुटबलको शक्तिशाली टोली इटाली लगातार तेस्रो पटक फिफा विश्वकपमा छनोट हुन असफल भएको छ।

मंगलबार भएको प्लेअफ फाइनलमा इटालीले बोस्निया तथा हर्जेगोभिनासँग पेनाल्टी सुटआउटमा ४–१ ले हार बेहोरेपछि विश्वकप २०२६ को यात्रा टुंगिएको हो। निर्धारित समय र अतिरिक्त समयमा खेल १–१ को बराबरीमा सकिएको थियो।

खेलको सुरुआतमा मोइस केनले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफमै एलेसान्द्रो बास्तोनी रातो कार्ड पाएपछि इटाली १० खेलाडीमा सीमित भयो। त्यसपछि बोस्नियाले दबाब बढाउँदै दोस्रो हाफको अन्त्यतिर बराबरी गोल फर्काएको थियो।

पेनाल्टी सुटआउटमा इटालीका खेलाडीहरूले कमजोर प्रदर्शन गरे। पियो एस्पोसिटो र ब्रायन क्रिस्टान्टेले पेनाल्टी मिस गर्दा बोस्नियाले सबै प्रहार सफल पार्दै ऐतिहासिक जित दर्ता गर्यो।

चार पटकको विश्वकप विजेता इटाली यसअघि पनि २०१८ र २०२२ मा विश्वकपमा छनोट हुन सकेको थिएन। यस पटकको हारसँगै इटाली इतिहासमै पहिलो पटक लगातार तीन विश्वकप गुमाउने पूर्व विजेता टोली बनेको छ।

यस हारपछि इटाली फुटबलमा गम्भीर संकट देखिएको विश्लेषण गरिएको छ भने प्रशिक्षक जेनेरो गट्टुसोमाथि दबाब बढेको छ।

प्रतिक्रिया