नेपाली क्रिकेटमा राम्रो परिवर्तन ल्याउने प्रशिक्षक मोन्टी देसाई को हुन् ? - Khel Sarokar

नेपाली क्रिकेटमा राम्रो परिवर्तन ल्याउने प्रशिक्षक मोन्टी देसाई को हुन् ?

सुसन पौडेल

सुसन पौडेल

नेपाली क्रिकेटमा राम्रो परिवर्तन ल्याउने प्रशिक्षक मोन्टी देसाई को हुन्  ?

क्यानले पूर्व भारतीय क्रिकेटर मोन्टी देसाईलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा फेब्रुअरी बाट नियुक्त गरेको हो । उनले डिसेम्बर २०२२ मा आफ्नो पदबाट राजीनामा दिएका अर्का पूर्व भारतीय क्रिकेटर मनोज प्रभाकरको स्थान लिएका हुन्। नेपाल क्रिकेट संघले मोन्टी देसाईसँग दुई वर्षको सम्झौता गरेको छ । 

मोन्टी वेस्ट इन्डिज, क्यानडा, युएई जस्ता टिमको मुख्य प्रशिक्षक भइसकेका छन् ।मोन्टीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सको मुख्य प्रशिक्षकको रुपमा पनि काम गरिसकेका छन् ।

देसाईले मेकानिकल इन्जिनियरको रूपमा स्नातक गरेका छन् । उनि लेभल ३ प्रमाणित प्रशिक्षक हुन् र विश्व क्रिकेट एकेडेमीमा सहायक प्रशिक्षकको रूपमा तीन वर्षसम्म संलग्न थिए।

मोन्टी देसाईले विगतका केही कार्यकालहरू सूची : 

  • आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा क्यानडाको मुख्य प्रशिक्षकको रुपमा काम गरेका थिए
  • जिम्बाब्वेमा २०१८ मा भएकोआईसीसी क्रिकेट विश्वकप छनोटमा अफगानिस्तानको ब्याटिङ प्रशिक्षकको रूपमा

  • संयुक्त अरब इमिरेट्स (युएई) को आईसीसी टी-२० विश्वकप छनोट प्रतियोगितामा ब्याटिङ प्रशिक्षकको रूपमा।

  • उनले भारतीय क्षेत्रीय टोली र राजस्थान रोयल्स (RR) र गुजरात लायन्स (GL) जस्ता धेरै इन्डियन प्रिमियर लिग फ्रेन्चाइजीहरूसँग प्रशिक्षकको भूमिका पनि निभाएका छन्।

यसअघि २०१२ मा राजस्थान रोयल्सको ट्रायलका लागि नेपाल अन्तर्राष्ट्रिय बलर शक्ति गौचन र २०१३ मा मोन्टी सहायक प्रशिक्षक हुँदा भुवन कार्कीलाई निमन्त्रणा दिइएको थियो। मोन्टी देसाईले क्रिकेट विश्वकप २०११ अघि क्यानडा क्रिकेट टोलीको विशेषज्ञ प्रशिक्षकको रूपमा पुबुदु दासानायकेलाई भेटेका कारण यो सम्भव भएको थियो।

प्रतिक्रिया