नेपालले टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको थियो |
२३ ओभरको अन्त्यमा स्कटल्याण्डले ५ विकेट गुमाएर १२४ रन बनाएको छ ।
१५ ओभरको अन्त्यमा स्कटल्याण्डले ३ विकेट गुमाएर ९३ रन बनायो । सन्दिप लामिछानेले उनको पहिलो दुई ओभरमा ३ विकेट लिए । ७.५ ओभरमा सन्दिपले एलबीडब्ल्यू मार्फत काइल कोट्जरको पहिलो विकेट लिए । काइल कोएट्जरले २३ बल खेलेर २२ रन बनाए । जर्ज मुन्सेले अर्धशतकीय पारी खेले । उनले ५० बलको सामना गर्दै ६० रन बनाए । सन्दीपले १३.५ ओभरमा जर्ज मुन्सेको विकेट लिए । जर्ज मुन्सेपछि सोही ओभरमा सन्दीपले रिची बेरिङटनको विकेट लिए । रिची बेरिङटन स्कटल्याण्डका कप्तान हुन् र उनी खेलमा डक आउट भए।
कुशल मल्लले २०.२ ओभरमा क्रिस्टोफर म्याकब्राइडको विकेट लिए । सन्दीपले टोमस म्याकिन्टोसको चौथो विकेट लिए ।
यसको मतलब स्कटल्याण्डको आधा टोली विकेट गुमाएर प्याभिलियन फर्किएका छन् ।
प्रतिक्रिया