एसिया कप क्वालिफायर प्रतियोगिता नेपालमा बैशाख ११ देखि बैशाख २५ , २०८० सम्म हुने तय भएको छ, यो प्रतियोगिता संगै नेपाल लामो अन्तरालपछि एसीसी वा आईसीसी प्रतियोगिताको आयोजक देशको रुपमा फर्केको हो ।
प्रतियोगिता ५० ओभरको ढाँचामा खेलाइनेछ र यो एसीसी पुरुष प्रिमियर कपको उद्घाटन प्रतियोगिता हो। खेलहरु मुलपानी क्रिकेट मैदान र त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय मैदानमा हुनेछन् ।
एसीसी प्रिमियर कपमा कुल १० टोलीको सहभागिता रहनेछ । नेपाल, ओमान, युएई, सिंगापुर, मलेसिया, कतार, हङकङ र कुवेत एसीसी प्रिमियर कपका लागि प्रत्यक्ष छनोट भएका छन् । जबकि साउदी अरेबिया र बहराइन मलेसियामा भएको एसीसी च्यालेन्जर कपमा छनोट भएका छन् ।
समूह चरणमा सबै टोलीले चार खेल खेल्ने प्रतियोगितामा कुल २४ खेल हुनेछन् । प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।
प्रत्येक समूहको विजेता र उपविजेताले सेमिफाइनलमा एक अर्कासँग खेल्नेछन् र विजेता टोली फाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको विजेताले एसीसी एसिया कप २०२३ मा दुई ठूला क्रिकेट राष्ट्र भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ।
विजेता, उपविजेता र तेस्रो हुने टोलीले जेठमा आयोजना हिने इमर्जिङ एसीसी पुरुष एसिया कप प्रतियोगितामा भारत ए, पाकिस्तान ए, श्रीलंका ए, अफगानिस्तान ए र बंगलादेश एसँग खेल्ने अवसर पाउनेछन्।
प्रतियोगितामा १० टोलीले भाग लिनेछन् र दुई समूहमा विभाजन गरिने छ:

प्रतियोगिताको लाइभ प्रसारणको विवरण भने टुंगो नलागे पनि नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक दुवै मैदानबाट खेलको प्रत्यक्ष प्रसारण गर्ने योजना बनाएको छ ।
प्रतियोगितामा नेपाल, ओमान र युएई शीर्ष दावेदार हुन् । नेपालले आफ्नो घरेलु मैदानको फाइदा र हालैको आईसीसी लिग २ म्याच प्रदर्शनका कारण छनोट हुने महत्वपूर्ण मौका छ। साथै युएई र ओमानले पनि एसिया कपमा छनोट हुने मौका राम्रो छ ।
नेपालले प्रिमियर कपको उपाधि जित्न सफल भएमा अफगानिस्तान र बंगलादेशलाई एसिया कपको समूह ‘बी’ मा भिड्ने छ। समूह ए मा भारत, पाकिस्तान र श्रीलंका रहेका छन् ।
प्रिमियर कपको विजेताले एसिया कप र इमर्जिङ टिम एसिया कप दुवैमा खेल्ने मौका पाउनेछ।
के नेपालको महिला क्रिकेट टिम पनि एसिया कप खेल्ने मौका पाउँछ ?
जवाफ हो पाउनेछ। महिला एसिया कप पनि एउटै ढाँचामा (च्यालेन्जर कप, प्रिमियर कप र त्यसपछि एसिया कप) तर फरक योजनामा हुनेछ। एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश स्वतः छनोट हुने गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । पहिलो, एसियाली महिला एसोसिएट टोली ९ देखि १८ सम्मको वरीयतामा रहेको च्यालेन्जर कपमा भिड्नेछ, जहाँबाट दुई टोली अर्को प्रतियोगितामा पुग्नेछन्।
पाँच देखि आठ सम्मको वरीयताका बीचका छ टोली र दुई योग्य टोलीले प्रिमियर वरीयतामा स्थान पाउनेछन्। हालको वरियतामा थाइल्याण्ड, पीएनजी, युएई र नेपाल दोस्रो चरणमा भिड्ने शीर्ष टोली हुन् । त्यसपछि शीर्ष दुई टोलीले महिला एसिया कपमा प्रतिस्पर्धा गर्नेछन्। यसैबीच, पुछारका दुई टोलीलाई बाहिर निकालेर अन्य चारले महिला इमर्जिङ टिम एसिया कपमा भारत ए, पाकिस्तान ए, श्रीलंका ए र बंगलादेश एसँग प्रतिस्पर्धा गर्नेछन्।
प्रतिक्रिया