एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङकाे विजयी सुरुवात - Khel Sarokar

एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङकाे विजयी सुरुवात

Khel Sarokar

खेल सरोकार

एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङकाे विजयी सुरुवात

एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङले विजयी सुरुवात गरेको छ ।

समूह ‘बी’ को खेलमा सिंगापुरलाई हङकङले आठ विकेटले पराजित गरेको हो ।

मूलपानी क्रिकेट मैदानमा सिंगापुरले दिएको १७५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको हङकङले ३३ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्यमा पुग्या ।

हङकङका लागि बाबर हायतले शतक बनाएका थिए । उनले ९४ बलमा १० चौका र ६ छक्का प्रहार गर्दै १०८ रन बनाएका थिए । त्यस्तै, कप्तान निजकात खानले ५१ रन बनाएका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२.१ ओभरमा सबै विकेटको क्षतिमा १७४ रन बनाउन सफल भया । सिंगापुरका कप्तान अरित्रा दुत्तले ४९ रन बनाएका थिए । त्यस्तै, आर्यन मोदीले २१, थिलिपन ओमाइदुराई र अभी दिक्षितले समान १२–१२ रन बनाएका थिए ।

बलिङतर्फ हङकङका इहसान खानले चार र यासिम मुर्टजाले तीन विकेट लिएका थिए ।

प्रतिक्रिया