हङकङ यू १९ ले टस जितेर ब्याटिङ रोजेको थियो।
आजमानको मालेक क्रिकेट मैदानमा नेपाली समय अनुसार १० बजेर ४५ मिनेटमा खेल सुरु भएको हो ।
हङकङ यु-१९ खेलाडीहरू - प्लेइंग ११
आरेज दार, अब्दुल समद खान, आहान त्रिवेदी, अंश रुपेश दोशी, डेनियल मोर्गन म्याप, दर्श वोरा, मोहम्मद अलियान जाहिर, मोहम्मद मुदस्सर खान, पारसप्रीत सिंह, पार्थ भागवत, शिव माथुर
नेपाल यू-१९ खेलाडी - प्लेइंग ११
आकाश त्रिपाठी, आकाश चन्द, अर्जुन कुमाल, विशाल विक्रम केसी, देव खनाल, दिपक बोहरा, दिपक प्रसाद डुम्रे, दिपेश कँडेल, हेमन्त धामी, सुवास भण्डारी, उत्तम रंगु थापा मगर
हेमन्त धामीले आज उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए र आफ्नो बलिङ स्पेल मा ३ ओभर कुनै पनि रन नदिएर मेडन ओवर दर्ता गरे तथा आकाश चन्द र सुवास भण्डारीले २–२ विकेट लिए । दिपेश कँडेलले १ विकेट लिए ।
हङकङले ४६.५ ओभर मात्रै सबै विकेट गुमाएर नेपाललाई दिएको १२१ रनको लक्ष्य दिएको थियो ।
हङकङले खेलको तेस्रो ओभरमा आरेज दारको पहिलो विकेट गुमाएको थियो। नेपालका लागि हेमन्त धामीले पहिलो विकेट लिए । हङ्कङका अंश रुपेश दोशी रनआउट भएर दोस्रो विकेट गुमाए ।
खेलको ९ औं ओवरमा हेमन्त धामीले शिव माथुरको विकेट लिदै आफ्नो दोस्रो व्यक्तिगत विकेट लिए ।
१० औं ओभरको अन्त्यसंगै हङकङ ३ विकेट गुमाएर ३३ रनमा जोडेको थियो ।
नेपालका लागि सुवास भण्डारीले १२ औं ओभरमा चौथो विकेट लिए ।
१२ औं ओभरमा चौथो विकेट झरेपछि हङ्कङका ब्याट्सम्यानले लामो समयसम्म आफ्नो विकेट बचाए ।
खेलको ३३ औं ओभरसम्म उनीहरूले अर्को विकेट गुमाएनन । नेपालका लागि सुवास भण्डारीले ३४ औं ओभरमा पाँचौं विकेट लिए । मोहम्मद अलियान जाहिर एलबीडब्लु मार्फत विकेट गुमाएका थिए र उनले २९ रन बनाएका थिए ।
नेपालका लागि दिपेश कँडेलले ३७ औं ओभरमा छैटौं विकेट लिए ।उनले पार्थ भागवतलाई क्याच आउट गरेर विकेट लिएका थिए ।
हङकङले आफ्नो सातौं विकेट रनआउटमा गुमायो।
नेपालका लागि आकाश चन्दले ४२.२ ओभरमा आठौं विकेट लिए ।
नेपालका लागि हेमन्त धामीले ९ औं विकेट लिए । उनले दर्श भोरालाई ४५.५ ओभरमा बोल्ड आउट गरे।
अन्तिम विकेट गुमाएपछि हङकङले ४६.५ ओभर खेल्दै १२० रन बनाएको थियो।
प्रतिक्रिया