नेपालले खेल्ने भयो क्रिकेट विश्वकप : कहिले खेल्दै छ त नेपालले - Khel Sarokar

नेपालले खेल्ने भयो क्रिकेट विश्वकप : कहिले खेल्दै छ त नेपालले

Khel Sarokar

खेल सरोकार

नेपालले खेल्ने भयो क्रिकेट विश्वकप : कहिले खेल्दै छ त नेपालले

एसिया क्षेत्रीय छनोटमा यूएईलाई ७ रनले हराउँदै नेपाल क्षेत्रीय छनोट मार्गबाट ​​प्रतियोगितामा छनोट हुने पहिलो टोली बनेको छ ।

श्रीलंकामा हुने यू–१९ विश्वकप क्रिकेटको लागि नेपालले चमत्कारी जित हात पारेको छ । 

यू–१९ विश्वकप एसिया छनोटको अप्रत्यक्ष फाइनलमा नेपाल ७ रनले विजयी भएको छ । नेपाल र युएई दुवैले यसअघिका चार खेल जितेका थिए। त्यसैले विजेताले आगामी मेगा इभेन्टमा स्थान बनाउनेछ।

नेपाल २०२४ को श्रीलंकामा हुने विश्वकप ट्रफीको खोजीमा ११ स्वतः योग्य राष्ट्रमा सामेल हुनेछ । 

अन्तिम चार टोली यस वर्ष पछि आगामी क्षेत्रीय छनोट प्रतियोगिता मार्फत निर्धारण गरिनेछ।

आजको खेलमा यूएइ यू-१९ ले टस जितेर बलिङ रोजेको थियो | नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर १९१ रन बनाउन सफल भएको थियो । यूएइ यू-१९ ले १९२ रन को लक्ष्य पछ्याउने क्रममा १८४ रन मा अल आउट  हुन पुग्यो | नेपालका बलर दिपेश कँडेल सर्बाधिक ५ विकेट लिए भने  हेमन्त धामी र  सुवास भण्डारी ले समान २/२ विकेट र १ रन आउट गर्दै १८४ रन मा यूएइ यू-१९ लाई रोक्न सफल भए ।

CLICK HERE : नेपालले श्रीलंकामा खेल्ने क्रिकेट बिश्व कप बारे : कुन कुन देश छन्

CLICK HERE: राष्ट्रिय फुटबल टोलीका सबै समयका क्याप्टेन: उनीहरुको बारेमा जानौं

प्रतिक्रिया