रोहितको कप्तानी इनिङ्समा नेपालको कीर्तिमानी जित - Khel Sarokar

रोहितको कप्तानी इनिङ्समा नेपालको कीर्तिमानी जित

Khel Sarokar

खेल सरोकार

रोहितको कप्तानी इनिङ्समा नेपालको कीर्तिमानी जित

कप्तान रोहित पौडेलले जिम्मेवारी इनिङ्स खेलेपछि नेपालले विश्वकप लिग-२ मा स्कटल्यान्डमाथि २ विकेटको सनसनीपूर्ण विजय हात पारेको छ । रोहितले अविजित रन बनाएपछि नेपालले २ सय १३ रनको लक्ष्य ४४.१ ओभरमा पूरा गर्‍यो । यो जीत संगै नेपालले घरेलु मैदानमा ४ खेलमा ४ जित निकालेर इतिहास रचेको छ ।

यससँगै नेपाल लिग टू अन्तर्गतको त्रिदेशीय सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने पहिलो टोली बनेको छ ।  यस्तै नेपाल लिग टूको सिरिजमा स्कटल्याण्डलाई लगातार दुई खेलमा पराजित गर्ने पहिलो टोली बनेको छ | 

नेपालको सुरुआत राम्रो थिएन । कुशल भुर्तेल १ रनमै आउट भए । अर्का ओपनर आसिफ शेखले १२ रन बनाए । ज्ञानेन्द्र मल्लले २१ रन जोडे । रोहितले एउटा छेउमा टिकिरहे पनि अर्को छेउटबाट निरन्तर विकेट झरिरह्यो ।

त्यसअघि जर्ज मुन्सेको अर्धशतप्रेरित स्कटल्यान्डले आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालसामू दुई सय १३ रनको लक्ष्य प्रस्तुत गरेको थियो।टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६ ओभर १ बलमा अलआउट हुँदै २ सय १२ रन बनायो । स्कटल्यान्डका ओपनर जर्ज मुन्शे ५० बमा ९ चौका र २ छक्कासहित सर्वाधिक ६० रनमा आउट भए । मुन्शे बाहेक अन्य कुनैपनि स्कटल्यान्डका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका लागि सन्दीप लामिछानेले चार, करण केसीले तीन तथा कुशल मल्ल र ललितनारायण राजवंशीले समान एक विकेट लिए । 

प्रतिक्रिया