ओपनर आसिफ शेखकाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १००० रन पूरा - Khel Sarokar

ओपनर आसिफ शेखकाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १००० रन पूरा

Khel Sarokar

खेल सरोकार

ओपनर आसिफ शेखकाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १००० रन पूरा

नेपाली टिमका ओपनर आसिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् ।

आसिफले आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम त्रिदेशीय शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध एक हजार रन बनाएका छन् ।

आसिफले पीएनजीविरुद्ध ९० रन बनाएसँगै एक हजार रन पूरा गरेका हुन् ।

योसँगै आसिफ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने दोस्रो नेपाली ब्याटर बनेका छन् । पहिलो नम्बरमा कप्तान रोहित पौडेल रहेका छन्।

पीएनजीविरुद्ध शतक बनाएर आउट भएका आसिफको यो पहिलो एकदिवसीय शतक समेत रहेका छ । आसिफले १०१ बलमा १० चौका र दुई छक्कासहित शतक पुरा गरेका हुन् । आसिफ ११० बलमा १२ चौका र दुई छक्कासहित ११० रन बनाएर आउट भएका छन् ।

पीएनजीविरुद्ध टस हारेपछि ब्याटिङमा आएको नेपालले ४१ ओभरको खेल सकिँदा ६ विकेट गुमाएर २२५ रन बनाएको छ । 

प्रतिक्रिया