आइपिएलको २५ औं खेलमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदै - Khel Sarokar

आइपिएलको २५ औं खेलमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदै

Khel Sarokar

खेल सरोकार

आइपिएलको २५ औं खेलमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदै

भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल)को २५ औं खेलमा आज मंगलबार मुम्बई इन्डियन्स (एमआई) र सनराइजर्स हैदरावाद (एसआरएच)बीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको भिडन्त खेल हैदरावादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार बेलुका ७ः४५ बजेदेखि सुरु हुनेछ ।

लिगको सबैभन्दा सफल टोली अर्थात पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सको यो छैटाैँ खेल हो । पहिलो खेलमा बेङ्लोर र दोस्रो खेलमा चेन्नईसँग पराजित भएको थियो । तेस्रो खेलमा दिल्लीलाई पराजित गर्दै जितेको थियो । चौथो खेलमा दिल्ली क्यापिटल्सलाई हराउँदै मुम्बई इन्डियन्सले सिजनको पहिलो जित हासिल गरेको थियो । इन्डियन्सले अघिल्ले खेलमा कोलकातालाई हराएको थियो ।

सनराइजर्स हैदरावादले राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्सविरुद्ध आफ्नो पहिलो दुई खेल हारेको थियो । तर पञ्जाब किंग्स र कोलकाता नाइट राइडर्स विरुद्धको खेल जितेको थियो । यसअघिका दुवै खेल जितेको हैदरावादले अब जितको ह्याट्रिक पूरा गर्ने लक्ष्यमा हुनेछ ।

मुम्बई इन्डियन्सको टोलीमा रोहित शर्मा (कप्तान), इशान किशन (विकेटकीपर), क्यामरन ग्रीन, सूर्यकुमार यादव, तिलक वर्मा, टिम डेभिड, नेहल वाधेरा, जेसन बेहरेनडोर्फ, ऋतिक शोकीन, पियुष चावला, र रिले मेरिडिथ रहेका छन् ।

सनराइजर्स हैदरावादको टोलीमा एडेन मार्कराम (कप्तान), मयंक अग्रवाल, ह्यारी ब्रुक, राहुल त्रिपाठी, अभिषेक शर्मा, हेनरिक क्लासेन (विकेटकिपर), मार्को जेनसेन, भुवनेश्वर कुमार, मयंक मार्कंडे, उमरान मलिक र थांगारासु नटराजन रहेका छन् ।

मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीचको यो खेल अरु खेलभन्दा अझ रोमाञ्चक हुनेछ । आईपीएलको अहिलेसम्मको इतिहासमा यी दुईबीचको भिडन्त रोमाञ्चक छ ।

दुवै टोलीले हालसम्म १९ खेल खेलेका छन् । जसमध्ये मुम्बईले १० र हैदरावादले ९ खेल जितेको छ ।

प्रतिक्रिया