आईपीएलकाे २६ औं खेलमा आज राजस्थान रोयल्स र लखनऊ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुदैँ - Khel Sarokar

आईपीएलकाे २६ औं खेलमा आज राजस्थान रोयल्स र लखनऊ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुदैँ

Khel Sarokar

खेल सरोकार

आईपीएलकाे २६ औं खेलमा आज  राजस्थान रोयल्स र लखनऊ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुदैँ

भारतमा जारी १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज २६ औं खेलमा राजस्थान रोयल्स र लखनऊ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुदैँछ । यी दुई टोलीबीचको खेल जयपुरको सवाई मानसिंह स्टेडियममा नेपाली समय अनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

आज गत संस्करण उपविजेताको राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्स खेल्दै छन् ।

जारी सिजनमा राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्स उच्च लयमा देखिएका छन् । अंक तालिकाको शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले ५ खेल खेल्दा एक खेलमा मात्र हारको सामना गरेको छ र पछिल्लो तीन खेलमा अपराजित छ ।

दोस्रो स्थानमा रहेको लखनउ सुपर जायन्ट्सले ५ खेल मध्ये तीनमा जित हासिल गरेको थियो भने दुई खेलमा पराजित भएको थियो ।

राजस्थान रोयल्सः सञ्जु सैमसन (कप्तान र विकेटकीपर), यशस्वी जैसवाल, रियान पराग, शिमरोन हेटमायर, रविचन्द्रन अश्विन, जोस बटलर, ध्रुव जुरेल, ट्रेन्ट बोल्ट, युजवेन्द्र चहल, सन्दीप शर्मा, जेसन होल्डर रहेका छन् ।

लखनऊ सुपर जायन्ट्सः केएल राहुल (कप्तान), मार्कस स्टोइनिस, काइल मेयर्स, दीपक हुडा, क्रुणाल पाण्ड्या, आयुष बडोनी, निकोलस पूरन (विकेटकीपर), मार्क वुड, आवेश खान, रवि बिश्नोई र युधवीर सिंह चरक रहेका छन् ।

हालसम्म आइपिएलमा राजस्थान र लखनउबीच दुई खेलमा भेट भएको छ । दुवै खेलमा राजस्थान विजयी भएको इतिहास छ । गत संस्करणमा भएको दुई खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई एक खेलमा ३ रन र अर्काे खेलमा २४ रनले हराएको थियो ।

IPL POINTS TABLE

Teams Matches Won Lost Tied NR Points NRR
Rajasthan Royals 3 3 0 0 0 6 +2.403
Punjab Kings 3 2 0 0 1 5 +0.637
Royal Challengers Bangalore 2 2 0 0 0 4 +2.501
Delhi Capitals 3 2 1 0 0 4 +0.811
Lucknow Super Giants 3 2 1 0 0 4 -0.359
Sunrisers Hyderabad 3 1 2 0 0 2 +0.275
Gujarat Titans 3 1 2 0 0 2 -0.270
Mumbai Indians 3 1 2 0 0 2 -0.715
Kolkata Knight Riders 4 0 3 0 1 1 -1.315
Chennai Super Kings 3 0 3 0 0 0 -2.517

प्रतिक्रिया