दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोज्दै पीएनजी लाई ब्याटिं ब्याटिङको निमन्त्रणा दिएको थियो।
२०४ रनको लक्ष्य पाएको नेपालले, जबाफी ब्याटिङको क्रममा, नेपालले लक्ष्य ४५.२ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो ।
कुशल भुर्तेलले एकदिवसीय क्रिकेटमा चौथो अर्धशतक बनाएका छन् । उनले ६९ बलमा ५ चौकाको मद्दतले ५६ रन बनाए ।
विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले ५ चौकाको मद्दतले ४४ रन बनाएर आउट भएका थिए । ज्ञानेन्द्र मल्लले आज राम्रो ब्याटिङ गर्न सकेनन् र ४ रन बनाएर मात्र आउट भए । मल्लको विकेटपछि कप्तान रोहित पौडेल इनिङ्सलाई नियन्त्रण गर्न मैदानमा आएका थिए । उनले २० रन बनाए ।
नेपालका लागि आरिफ शेखले ३३ रन, दिपेन्द्र सिंह ऐरीले २२ रन जोडे ।
पिएनजीका अले नाओ, सेमो कामिया र चाड सोपरले २–२ विकेट लिए ।
पपुवा न्युगिनीले निर्धारित ५० ओभर खेल्दै ९ विकेट गुमाएर २०३ रन बनाएको थियो ।
गुलसन झा ले आज उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए भने कुशल मल्ल ले २ र सोमपाल कामी,करण केसी,प्रतिस जिसी ले समान १-१ विकेट लिए ।
पीएनजीले २०३ रन बटुल्दा, खेलाडीहरु किप्लिन डोरिगा (२९), सेसे बाउ (३१),असाद वाला (३६), चाड सोपर (३६), नर्मन भानुआ (२५) रन को योगदान गरे ।
प्रतिक्रिया