ललितपुर मेयर्स कप महिला च्याम्पियनसिपको उपाधि एपीएफ क्लबलाइ - Khel Sarokar

ललितपुर मेयर्स कप महिला च्याम्पियनसिपको उपाधि एपीएफ क्लबलाइ

Khel Sarokar

खेल सरोकार

ललितपुर मेयर्स कप महिला च्याम्पियनसिपको उपाधि एपीएफ क्लबलाइ

ललितपुर मेयर्स कप महिला च्याम्पियनसिपको उपाधि एपीएफ क्लबले जितेको छ । बिहीबार सम्पन्न भएको प्रतियोगिताको फाइनलमा कोशी प्रदेशलाई ५४ रनले हराउँदै एपीएफले प्रतियोगिताको उपाधि जितेको हो ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा एपीएफले निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोशीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय रन मात्र बनाउन सक्यो ।

एपीएफका लागि कप्तान सीता राना मगरले ७९ रन बनाइन भने इन्दु वर्माले ५१ रन बनाइन्।

बलिङतर्फ कोशी प्रदेशकी एलिसा खडियाले १ विकेट लिइन्।

त्यसपछि जवाफी ब्याटिङमा उत्रिएको कोशी प्रदेशका कप्तान रुबिना क्षेत्रीले ३५ रन, लकिता राजवंशीले २१ रन, अप्सरी बेगमले १० रन र स्मृति कटुवालले ८ रन बनाइन्।

बलिङतर्फ एपीएफका बिनु बुढाले सर्वाधिक २ विकेट लिँदा रेखा रावल, सोनु खड्का र नेरी थापाले समान १ विकेट लिए।

लिग चरणबाट एपीएफ शीर्ष स्थान र कोशी प्रदेश दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका थिए।

प्रतिक्रिया