विश्व क्रिकेटमा नेपालले बनाएको अविश्वसनीय कीर्तिमानहरु - Khel Sarokar

विश्व क्रिकेटमा नेपालले बनाएको अविश्वसनीय कीर्तिमानहरु

सुसन पौडेल

सुसन पौडेल

विश्व क्रिकेटमा नेपालले बनाएको अविश्वसनीय कीर्तिमानहरु

क्रिकेटमा खेलाडी वा टोलीले विभिन्न किसिमका कीर्तिमानहरू बनाउछन् र तोड्छन्। टिम नेपाल र खेलाडीहरुले बनाएका केहि कीर्तिमानहरु तल दिइएको छ ।

१. २००६ एसीसी कपमा नेपालले म्यानमारलाई 10 रनमा अलआउट गरेको थियो। नेपालका तिब्र गतिका बलर महबुब आलमले मात्र ३ रन दिएर ७ विकेट लिएका थिए । नेपालले ०.२ ओभरमा १० रनको लक्ष्य पछ्यायो । यो क्रिकेट इतिहासमा सबैभन्दा छिटो चेज हो।

२. महबूब आलम एकदिवसीय क्रिकेटमा सबै १० विकेट लिने विश्वका पहिलो र एक मात्र खेलाडी हुन्।

३. रुबिना क्षेत्रीले सिंगापुरविरुद्ध एक ओभरमा ५ विकेट लिएकी थिईन । उनि एक ओभरमा सर्वाधिक विकेट लिने विश्वकी एकमात्र बलर हुन् । उक्त खेलमा उनले अन्तिम ओभरमा १ अतिरिक्त रन दिँदै ५ बलमा ५ विकेट लिएकी थिइन्।

४. शक्ति गौचनले एकदिवसीय क्रिकेटमा सर्वाधिक एकोनोमिकल बलरको कीर्तिमान बनाएका छन् । २०१२ आईसीसी विश्व क्रिकेट लिग डिभिजन ४ मा, उनले मलेसिया विरुद्ध कुल ८ मेडेन ओभर र मात्र 2 रन दिएर र 3 विकेट लिएर आफ्नो 10 ओभरको स्पेल समाप्त गरेका थिए।

५. नेपाल विश्वमा पहिलो दृष्टिविहीन महिला क्रिकेट टोली भएको एक मात्र देश हो।

६. विश्वकप च्याम्पियन बन्ने एक मात्र एसोसिएट राष्ट्र। नेपाल मात्र एक एसोसिएट क्रिकेट खेल्ने राष्ट्र हो जसले आईसीसी विश्वकप प्रतियोगितामा दक्षिण अफ्रिका र न्युजिल्याण्डलाई हराएर यू-१९ विश्वकप च्याम्पियन बन्यो।

७. अञ्जली चन्द WT20I क्रिकेटमा उत्कृष्ट बलिङ फिगरको रेकर्ड। नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा अञ्जली चन्दले पोखरामा माल्दिभ्सविरुद्ध कुनै रन नदिई ६ विकेट लिएर इतिहास रचेकी थिइन् । उनको ६/० को बलिङ फिगर महिला टी-२० अन्तर्राष्ट्रियमा उत्कृष्ट बलिङ फिगर हो। कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट खेलमा बलरले बिना रनमा ६ विकेट लिएको यो पहिलो पटक हो ।

८. कुशल मल्ल र रोहित पौडेल; एकदिवसीयमा अर्धशतक बनाउने सबैभन्दा कान्छो पुरुष क्रिकेटर। पहिलो पटक रोहित पौडेलले १६ वर्ष १४६ दिनको उमेरमा ओडीआईमा अर्धशतक बनाउने सचिन तेन्दुलकरको कीर्तिमान तोडेका थिए, सचिन तेन्दुलकर १६ वर्ष २१३ दिनको उमेरमा ओडीआईमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडी बनेका थिए । रोहितले २६ जनवरी २०१९ मा दुबईमा युएई विरुद्ध ५८ बलमा ५५ रन बनाएर सचिनको यो कीर्तिमान तोडेका थिए ।

कुशलले रोहितको कीर्तिमान तोडेर १५ वर्ष ३४० दिनको उमेरमा अमेरिका विरुद्ध ५१ बलमा ५० रन बनाएर एकदिवसीय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो क्रिकेटर बने।

९. सन्दीप जोरा; T20I मा अर्धशतक बनाउने सबैभन्दा कान्छो पुरुष क्रिकेटर ।

नेपाली क्रिकेटर सन्दीप जोरा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो क्रिकेटर बनेका छन् । उनले १७ वर्ष १०३ दिनको उमेरमा जनवरी ३१, २०१९ मा संयुक्त अरब इमिरेट्सविरुद्ध अविजित ५३ रन बनाएर यो उपलब्धि हासिल गरेका हुन् ।

१०. सोमपाल कामी T20I मा १० नम्बर ब्याट्सम्यान द्वारा सबै भन्दा धेर्रै रन को लागी । 

कामीले टी–२० अन्तर्राष्ट्रियमा १० औं स्थानमा रहेका ब्याट्सम्यानले सर्वाधिक रन बनाउने विश्व कीर्तिमान बनाएका छन् । पि सारा ओभलमा २४ डिसेम्बर २०१४ मा हङकङविरुद्ध ब्याटिङ गर्दै उनले यो कीर्तिमान बनाएका थिए। उनले १० नम्बरमा ब्याटिङ गर्दै ४० रन बनाएका थिए ।

प्रतिक्रिया