एसीसी प्रिमियर कपमा नेपालकाे लगातार दोस्रो जित - Khel Sarokar

एसीसी प्रिमियर कपमा नेपालकाे लगातार दोस्रो जित

Khel Sarokar

खेल सरोकार

एसीसी प्रिमियर कपमा नेपालकाे लगातार दोस्रो जित

एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेटमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको थियो । नेपालले यो अहिलेसम्म कै विशाल रन बनाएको हो ।

३११ रनको लक्ष्यसहित मैदानमा आएको ओमानको टिम ४६।३ ओभरमा सवै विकेट गुमाएर २२६ रन मात्र बनाउन सफल भयो ।

जितसँगै नेपाल समूह ए को शीर्ष स्थानमा छ । यो सँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ ।

नेपाललाई जित दिलाउने क्रममा सन्दीप लामिछाने र करण केसीले समान ३–३ विकेट लिँदा दिपेन्द्रसिंह ऐरीले २ तथा ललित राजवंशीले १ विकेट हात पारे ।

ओमानका मोहम्मद नदिमले ६५ रनको अर्धशतकीय पारि खेल्दा सन्दीप गौड ४६ रनमा आउट भए । आयान खानले २९ र कश्यप प्रजापतीले २५ रन बनाए ।

आज भएको खेलमा नेपालका स्पिनर सन्दीप लामिछाने ओडीआई क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् । एसीसी पुरुष प्रिमियर कपअन्तर्गत ओमानसँगको खेलमा पहिलो विकेट लिँदै उनले ओडीआईमा १०० विकेट पुर्‍याएका  हुन् । विश्व कीर्तिमान बनाउने  क्रममा उनले ४२ ओडीआई खेलमा १०० विकेट लिए । ओडीआईमा सर्वाधिक छिटो १०० विकेट लिने कीर्तिमान अहिलेसम्म अफगानिस्तानका राशिद खानको नाममा थियो । तर शुक्रबार सन्दीपले उक्त किर्तीमान तोडेका हुन् ।

त्यस्तै कुशल मल्लले सर्वाधिक छिटो शतक बनाउने नेपाली खेलाडीको कीर्तिमान बनाएका छन् । उनले ५९ बलमा शतक पूरा गर्दै उक्त कीर्तिमान बनाएका हुन् । कुनै पनि नेपाली ब्याट्सम्यानले ओडीआईमा बनाएको यो सर्वाधिक छिटो शतक हो ।

प्रतिक्रिया