मौसम बिभागको पूर्व अनुमान अनुसार नेपालको पुर्ब देखि मध्य भाग (कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश) का पहाडी भू-भागका लगातार तीन दिन दिउँसोतिर वर्षा हुने ।
नेपालले बिहिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने सिरिजको अन्तिम खेलमा यूएइसंग खेल्दैछ ।
नेपाल लिग २ को शीर्ष तीनमा पर्नको लागि उक्त खेल जितेर सीधै विश्वकपमा छनोट हुन दबाबमा छ ।
बिहीबार वर्षाका कारण खेल नभए नेपालले युएईसँग अंक बाँड्नेछ । यसपछि नेपालको विश्वकप छनोट खेल्ने सपना चकनाचुर हुनेछ ।
नेपाल लिग २ तालिकामा ३५ खेल सहित ३८ अंक छ भने नामिबियाको ३६ खेल बाट २९ अंक छ | खेल नभएर अंक बाढ्नु परेमा नेपाल र नामिबियाको समान ३९ अंक हुनेछ । नामिबिया को १९ जित र नेपाल को १८ जित भएको कारण ले गर्दा नामिबिया अगाडी बढ्ने छ ।
हाल देशको पहाडी तथा हिमाली भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही तराई भेगमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। बिहिबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम बिभागको पूर्व अनुमान छ।
प्रतिक्रिया