नेपालको एकदिवसीय मान्यता कायम , यूएइ विरुद्ध १७७ रनको फराकिलो जित - Khel Sarokar

नेपालको एकदिवसीय मान्यता कायम , यूएइ विरुद्ध १७७ रनको फराकिलो जित

Khel Sarokar

खेल सरोकार

नेपालको एकदिवसीय मान्यता कायम , यूएइ विरुद्ध १७७ रनको फराकिलो जित

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो। नेपालले ४९.२ ओभरमा ९ विकेट गुमाएर २४८ रन बनाएको थियो । करण केसी र ज्ञानेन्द्र मल्ल टिमबाट बाहिरीदा स्पिनर ललित नारायण राजवंशी र अलराउण्डर गुलशन झा टिममा समावेश भएका थिए ।

सुरुवाती चरणमा ३ विकेट छिट्टै गुमाएको नेपालको ओपनिंग लडखढाएको थियो । नेपालको लागि सर्बाधिक रन ७७  क्याप्टेन रोहित पौडेलले बनाउदै कप्तानिय पारी खेल्दै इंनिंग सम्हालेका थिए | रोहितले नेपालका लागि सर्वाधिक अर्धशतक बनाउने कीर्तिमान बनाएका छन् । 

मिडल अडरमा आरिफ शेख र भीम सार्कीले ४३ र २९ रन बनाउदै नेपाललाई बलियो परेका थिए । गुलसन झाले ३७ रनको उत्कृष्ट पारी खेले । 

नेपालका लागि रोहित पौडेल र भीम सार्कीले ब्याटिङलाई नियन्त्रणमा लिएका थिए । उनीहरुबीच ५० रनको साझेदारी गरेका थिए ।  भीम शार्कीले विकेट गुमाउनुअघि २९ रन बनाए ।  रोहित पौडेलले आरिफ शेखसँग पनि ५० रनको साझेदारी पनि गर्दै पारी सम्हालेका थिए ।

इनिङ्सको अन्त्यमा दिपेन्द्र सिंह ऐरीले उच्च आक्रामक ब्याटिङ गरे । दीपेन्द्रले १८ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३४ रन बनाए ।

यूएइ का लागी आर्यन लाक्रा, जुनैद सिद्दिकी र जहुर खानले १/१ विकेट लिए । अयान अफजल खान, जवर फरीद, जहुर खान र रोहन मुस्तफाले २–२ विकेट लिए ।

२४९ रनको लक्ष्य पीछा गर्दै गरेको यूएइले सुरुवातमै एक पछि एक विकेट गुमाएको थियो । वृत्य अरविन्द र आर्यन लाक्रा डक आउट भए । युएईले ८ रन बनाउदा ४ विकेट गुमाएको थियो । 

युएईले २२.५ ओभरमा सबै विकेट गुमाएर ७१ रन मात्र  बनायो । यसको अर्थ नेपालले युएई विरुद्ध १७७ रनको विशाल जित दर्ता गरेको छ । 

नेपालका लागि ललित राजवंशीले सर्वाधिक ५ विकेट लिए । सन्दिप लामिछानेले २ विकेट लिए । सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र गुलसन झाले १–१ विकेट लिए ।

यो हार संगै यूएइको ओडीआइ मान्यता कायम राख्न कठिन भएको छ | नेपालले यो जित संगै आफ्नो ओडीआइ मान्यता कायम राखेको छ | अब नेपालले बाकी २ खेल पीएनजी र यूएइ संग खेल्ने छ र उक्त दुवै खेल जितेमा नेपाल बिश्व कप को क्वालिफायर छनोट हुनेछ । 

प्रतिक्रिया