एसीसी प्रिमियर कपमा यूएईलाई कुवेतकाे विशाल लक्ष्य - Khel Sarokar

एसीसी प्रिमियर कपमा यूएईलाई कुवेतकाे विशाल लक्ष्य

Khel Sarokar

खेल सरोकार

एसीसी प्रिमियर कपमा यूएईलाई कुवेतकाे विशाल लक्ष्य

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा यूएईले कुवेतलाई विशाल लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले कुवेतलाई ३७२ रनको लक्ष्य दिएको हो ।

यूएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३७१ रन बनाएपछि कुवेतले विशाल लक्ष्य पाएको हो । उत्कृष्ट सुरुवात गरेको कुवेतले रोहन मुस्तफा र वृत्या अरभिन्दको साझेदारीलाई तोड्न नसक्दा ठूलो चुनौती पाएको छ ।

यूएईका लागि वृत्या अरभिन्दले १८५ रन बनाए, १४७ बलमा १७ चौका र ९ छक्का प्रहार गरे । त्यस्तै,  रोहन मुस्तफाले १२५ बलमा १० चौका र चार छक्का प्रहार गर्दै ११८ रन बनाए । चौथो विकेटका लागि वृत्या र मुस्तफाले २७५ रनको साझेदारी गर्दै टिमलाई उकासे ।

२४ रन हुँदा तीन विकेट गुमाएको यूएईले २९९ रन बनाउँदा चौथो विकेट गुमाएको थियो । त्यस्तै, आसिफ खानले ९ बलमा ३० रन बनाए ।

कुवेतका शाहरुख कुडुस र परविन्दर कुमारले २-२ विकेट तथा यासिन पटेल र सयद मोनिबले १-१ विकेट हात पारेका छन् ।

प्रतिक्रिया