एसीसी मेन्स प्रिमियर कपमा मलेसियाकाे पहिलाे जित - Khel Sarokar

एसीसी मेन्स प्रिमियर कपमा मलेसियाकाे पहिलाे जित

Khel Sarokar

खेल सरोकार

एसीसी मेन्स प्रिमियर कपमा मलेसियाकाे पहिलाे जित

एसीसी मेन्स प्रिमियर कपमा मलेसियाले पहिलाे जित निकालेकाे छ । साउदी अरेबियालाई आठ विकेटले हराउँदै मलेसियाले पहिलाे जित निकालेकाे हाे ।

साउदी अरेबियाले दिएकाे एक सय ५४ रनकाे लक्ष्य मलेसियाले २१ ओभर २ बलमा दुई विकेट मात्र गुमाएर जित हासिल गर्याे । मलेसियाका मुहम्मद आमिरले ५४, विरनदीप सिंहले ५१ र सइद अजिजले नटआउट ३४ रन बनाए ।

साउदी अरेबियाका जयन यूआई अबिदिनले दुई विकेट लिए ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे साउदी अरेबिया ४६ ओभर २ बलमा १ सय ५३ रन बनाउँदा अलआउट भएकाे थियाे । साउदी अरेबियाका हसीब गफूरले ४० र अब्दुल वहीदले ३६ रन बनाए ।

मलेसियाका खिजर हयातले तीन तथा मुहम्मद वकिफ, रिजवान हैदर र अनवार रहमानले दुई/दुई विकेट लिए ।

याे जितसँगै समूह 'ए' मा रहेकाे मलेसियाले दुई अङ्क जाेडेकाे छ । मलेसिया पहिलाे खेलमा नेपालसँग पराजित भएकाे थियाे ।

एसीसी प्रिमियर कपको समूह 'ए' मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब र समूह 'बी' मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन रहेका छन् ।

प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।

शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

प्रतिक्रिया