पारस खड्काले इतिहास रचे, लिजेन्ड्स लिग खेल्ने बने पहिलो नेपाली खेलाडी - Khel Sarokar

पारस खड्काले इतिहास रचे, लिजेन्ड्स लिग खेल्ने बने पहिलो नेपाली खेलाडी

Khel Sarokar

खेल सरोकार

पारस खड्काले इतिहास रचे, लिजेन्ड्स लिग खेल्ने बने पहिलो नेपाली खेलाडी

लेजेन्ड्स लिग क्रिकेटको पहिलो खेल आज मार्च १०, २०२३ मा कतारको दोहामा हुदैछ। लिगमा तीन टोली इन्डिया महाराजा, एसिया लायन्स र वल्र्ड जाइन्ट्सबीच ८ खेल हुने तालिका छ ।

कतारमा जारी लिजेन्ड्स क्रिकेट लिगमा पारस खड्काको टिम एशिया लायन्सले इन्डिया महाराजासँग खेल्दैछ । उनी आज प्लेइलेभेनमा छन् । एशिया लायन्सले टस जितेर ब्याटिङ रोजेको छ ।

गौतम गम्भीरको नेतृत्वमा इन्डिया महाराजाहरू छन् भने एसिया लायन्सका कप्तान शाहिद अफ्रिदी छन्।

इन्डिया महाराजाहरूसँग भारतका पूर्व खेलाडीहरू छन्। कप्तान गौतम गम्भीर बाहेक, टोलीका लागि केहि प्रमुख खेलाडीहरू मोहम्मद कैफ, सुरेश रैना, स्टुअर्ट बिन्नी, इरफान पठान, एस श्रीसान्त, रोबिन उथप्पा, हरभजन सिंह, र मुरली विजय छन्।

एसिया लायन्समा पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशका पूर्व खेलाडी छन्। टोलीका केही प्रमुख खेलाडीहरू शाहिद अफ्रिदी, मिसबाह-उल-हक, असगर अफगान, मोहम्मद हफिज, तिलकरत्ने दिलसान, मुथैया मुरलीधरन र शोएब अख्तर छन्।

टस जितेर ब्याटिङ रोजेको एशिया लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

उपुल थरंगाले ४० रन बनाए । मिसबाह उल हकले २ चौका र ४ छक्का प्रहार गर्दै ७३ रनको धमाकेदार इनिङ्स खेले ।

पारस खड्का १९.३ ओभरपछि मात्र ब्याटिङमा आए र २ बल खेलेर ३ रन बनाए ।

लिजेन्ड्स क्रिकेट लीग २०२३ का आठ खेलहरू भारतको स्टार स्पोर्ट्स च्यानलमा प्रत्यक्ष प्रसारण गरिनेछ।

 

प्रतिक्रिया