एसीसी प्रिमियर कपका लागि मलेसियाली टोली घोषणा - Khel Sarokar

एसीसी प्रिमियर कपका लागि मलेसियाली टोली घोषणा

Khel Sarokar

खेल सरोकार

एसीसी प्रिमियर कपका लागि मलेसियाली टोली घोषणा

काठमाडौंमा अप्रिल १८ देखि मे १ सम्म आयोजना हुने एसीसी प्रिमियर कपका लागि मलेसियाको टोली घोषणा गरेको छ ।

मलेसिया क्रिकेट संघले मंगलबार अहमद फैजको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । टिमको उपकप्तानमा भिरनदिप सिंह रहेका छन् ।

टिमका अन्य सदस्यमा सयद अजित, शर्भिएन मुनिएन्डी, अमिरक अजिम, फित्री शाम, खिजार हायात, रिजवान, भिजय उन्नी, अनवर रहमान, नाजरिल रहमान, वान मुहम्म अजाम, वाफिक इर्फान र सायदात रहेका छन् ।

प्रिमियर कपमा मलेसिया पनि समूह ए मा छ । यस समूहमा नेपाल लगायत ओमान, कतार र साउदी अरेबिया रहेका छन् ।

अप्रिल १८ मा कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र मलेसियाबीच उद्घाटन खेल हुनेछ ।

समूह बी मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहाराइन रहेका छन् ।

दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया