क्रिकेटर सन्दीप लामिछानेको तर्फबाट बिहीबार सर्वोच्च अदालतमा आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न यूएई जान पाउनु पर्ने माग गरेकामा आज धरौटी तारेखमा रहने वा नरहने, विदेश जान पाउने वा नपाउने भन्ने विषयमा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
सन्दीपले दायर गरेको मुद्दामा शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले आजका लागि पेशी तोक्न आदेश दिएको थियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा उक्त सुनुवाइका लागि आज पेशी तोकिएको हो ।
आइसीसी विश्वकप क्रिकेट लिग २ को अन्तर्गत युएई र पीएनजीविरुद्धको एकदिवसीय खेल खेल्न नेपाली टोली शनिवार युएई गएको छ ।तर, आइतबार सुनुवाइ भएकाले लामिछाने जान पाएका छैनन्। खेल फागुन १५ गतेदेखि २२ गतेसम्म हुँदैछ।
महान्यायाधीवक्ताको कार्यालयले माघ १७ गते सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएको थियो । निवेदनमा गम्भीर अपराधको मुद्दामा थुनामै राखेर मुद्दा प्रक्रिया अगाडि बढ्नु पर्ने भनिएको छ । आजको सुनुवाइ यसै विषयमा केन्द्रीत हुनेछ । गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सन्दीप पुस २९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए । तर उक्त आदेशमा उनलाई विदेश जान भने रोक लगाएको थियो ।
प्रतिक्रिया