युएईमा भएको यू–१९ विश्वकप छनोट अन्तर्गत नेपालले सिंगापुरलाई ९६ रनले पराजित गरेको छ ।
नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ थियो। नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनाएको थियो ।
नेपालका लागि आकाश तिरपाठी र विशाल विक्रम केसीले अर्धशतकीय पारी खेलेका थिए । आकाश तिरपाठीले १०० बलमा ७८ रन बनाए । त्यसैगरी नेपालका लागि विशाल विक्रम केसीले ५४ बलमा ६३ रन बनाए ।
सिंगापुरका लागि आर्यवीर चौधरी र अभ्युदय छाजेरले २–२ विकेट लिए । अद्वित्य भार्गव र महियु भाटियाले १–१ विकेट लिए ।
नेपालले दिएको २६२ रनको लक्ष्यको जवाफमा सिंगापुरले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर १६५ रन बनाउन सफल भयो ।
आर्यन मोदीले अर्धशतकीय इनिङ्स खेल्दै १०० बलको सामना गर्दै ५८ रन बनाए । सिद्धान्त श्रीकान्तले आफ्नो विकेट गुमाउनुअघि ४४ रन बनाएका थिए । अन्य खेलाडीले राम्रो खेल्न सकेनन् ।
नेपालका लागि हेमन्त धामी र सुवास भण्डारीले २–२ विकेट लिए । विशाल विक्रम केसीले १ विकेट लिए ।
नेपालले भोलि अर्को खेल कुवेतसँग खेल्नेछ ।
प्रतिक्रिया