सन्दिप १०० विकेट तिर लम्किदै, पीएनजी ९५ रनमै समेटियो - Khel Sarokar

सन्दिप १०० विकेट तिर लम्किदै, पीएनजी ९५ रनमै समेटियो

Khel Sarokar

खेल सरोकार

सन्दिप १०० विकेट तिर लम्किदै, पीएनजी ९५ रनमै समेटियो

काठमाडौँ | टियु क्रिकेट मैदानमा भएको आज पीएनजी विरुद्ध नेपालको खेलमा, नेपाल ले टस जितेर बलिंग रोजेको थियो | 

विश्वकप लिग २ अन्तर्गत सोमबार पीएनजीविरुद्ध ५ विकेट लिएपछि सन्दीप लामिछाने आफ्नो एकदिवसीय विकेटको शतकबाट दुई विकेट मात्र टाढा छन् । उनले ४० खेलमा ९८ विकेट लिएका छन्।

अवका ३ खेलमा २ विकेट लिए एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो सय विकेट पुरा गर्ने विश्व कीर्तिमान नेपाली स्पिनर सन्दीप लामिछानेको नाममा जाने छ। यस अघि अफगानिस्तानका स्टार रसिद खानको नाममा सर्वाधिक छिटो विकेटको सतक पुरा गर्ने कीर्तिमान छ।

पीएनजीले ३२ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनाएको छ ।

ललित राजवंशी र कुशल मल्लले २–२ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए ।

पीएनजीका लागि कप्तान असद भालाले सर्वाधिक २० रन बनाए । यस्तै सेसे बाउ १८ रनमा आउट हुँदा चाल्स अमिनिले १६ रन बनाए ।  हिरि हिरिले १८ रन बनाउँदा पीएनजीका अन्य ब्याटरले दोहोरो अंकमा रन नबाउन सकेनन् । 

एकदिवसीय क्रिकेटमा सन्दिपको उत्कृष्ट बलिङ फिगर, नेपालले ७.४ ओभरमा लक्ष्य पछ्यायो

प्रतिक्रिया