पीएनजीले यूएइ विरुद्ध २४७ रनको मध्यम लक्ष्य दिएको छ - Khel Sarokar

पीएनजीले यूएइ विरुद्ध २४७ रनको मध्यम लक्ष्य दिएको छ

Khel Sarokar

खेल सरोकार

पीएनजीले  यूएइ विरुद्ध २४७ रनको मध्यम लक्ष्य दिएको छ

पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४६ रन बनाएको छ।

युएई र पीएनजी बिचको टियु मैदानमा भएको खेलमा युएईले टस जितेर पीएनजी लाई ब्याटिङको निम्तो दिएको थियो।

पीएनजीका लागि किपलिङ डोरिगा र हिरी हिरीले ओपनिङ गरेका थिए । दुवैले अर्धशतकीय पारी खेलेका थिए । किप्लिन डोरिगाले ४४ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ५५ रन बनाए । हिरी हिरीले ५ चौका र ४ छक्का प्रहार गर्दै ७७ रन बनाए ।

सेसे बाउले पनि अर्धशतकीय पारी खेल्दै ८१ रन बनाए । अन्य खेलाडीले राम्रो खेल्न सकेनन् र व्यक्तिगत १० भन्दा बढी रन बनाउन सकेनन् ।

युएईका जुनैद सिद्दिकी र जहुर खानले २–२ विकेट लिए । अयान अफजल खानले ३ विकेट लिए । पलानियापन मयप्पन र रोहन मुस्तफाले १–१ विकेट लिए ।

प्रतिक्रिया