नेपाल पीएनजी विरुद्धको खेलमा बिजयी,अब विश्वकप छनोटका लागि ३ जित आवश्यक - Khel Sarokar

नेपाल पीएनजी विरुद्धको खेलमा बिजयी,अब विश्वकप छनोटका लागि ३ जित आवश्यक

Khel Sarokar

खेल सरोकार

नेपाल पीएनजी विरुद्धको खेलमा बिजयी,अब विश्वकप छनोटका लागि ३ जित आवश्यक

आजको खेलमा नेपालले पीएनजीलाई ५२ रनले पराजित गरेको छ ।

टियु क्रिकेट मैदानमा खेलिएको खेलमा पीएनजीले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो। नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ गरेका थिए ।

नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रन बनाएको थियो ।

आसिफ शेखले आज एकदिवसीय क्रिकेटमा १००० रन पुरा गरेका छन् । आसिफ शेखले आज १०१ बलमा १० चौका र २ छक्का प्रहार गर्दै शतक बनाएका थिए । आसिफ शेखको यो पहिलो शतक हो । आसिफ शेखले आज ११० रन बनाए ।

आजको खेलमा पनि फर्म बाहिर रहेका ज्ञानेन्द्र मल्लले राम्रो प्रदर्शन गर्न सकेनन्। उनले जम्मा ११ रन बनाएर प्याभिलियन फर्के।

रोहित पौडेलले ३०, भीम सार्कीले  ४४, आरिफ शेखले १५, दिपेन्द्र सिंह ऐरीले ७, कारण केसिले ८, सन्दीप लामीछानेले ७, रन बनाएर विकेट गुमाए । अविजित सोमपाल कामीले ४ रन बनाए । बलिंग तर्फ पिएनजीका खेलाडी सेमो कमिया ५ , रिले हेकुरे ३, अले नाओ १ ,  विकेट लिए । 

२९८ रनको लक्ष्य पछ्याउन खोजेको पिएनजीका ओपनर ब्याट्सम्यान टोनी उराले अर्धशतक बनाए , उनले ९ चौकाको मद्दतले ५० रन बनाएका थिए । किप्लिन डोरिगाले २६ रन, सेसे बाउले ३ रन, चाल्र्स अमिनीले १४ रन, हिरी हिरीले ८ रन बनाए । पिएनजीका लागि रिले हेकुरेले २० रन बनाए ।

बलिङतर्फ सन्दिप लामिछानेले ४, दीपेन्द्र सिंह ऐरीले २ र कुशल मल्लले १ विकेट लिए । पीएनजीका लागि नर्मन भानुवाले अर्धशतकीय पारी खेल्दै ६० रन बनाए ।

प्रतिक्रिया