नेपालले ४९.२ ओभरमा १० विकेट गुमाएर २४८ रन बनाएको छ।
त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो।
करण केसी र ज्ञानेन्द्र मल्ल टिमबाट बाहिरीदा स्पिनर ललित नारायण राजवंशी र अलराउण्डर गुलशन झा टिममा समावेश भएका छन् ।
ओपनर कुशल भुर्तेलले ८ रन बनाएर आफ्नो विकेट गुमाए भने आसिफ शेखले कुनै रन बनाउन सकेनन् ।
कुशल मल्लले पनि ९ रन बनाएर विकेट गुमाए । नेपालले सुरुमै ३ विकेट गुमाएको थियो ।
नेपालका लागि रोहित पौडेल र भीम सार्कीले ब्याटिङलाई नियन्त्रणमा लिएका थिए । उनीहरुबीच ५० रनको साझेदारी गरेका थिए । भीम शार्कीले विकेट गुमाउनुअघि २९ रन बनाए । रोहित पौडेलले आरिफ शेखसँग पनि ५० रनको साझेदारी पनि गर्दै पारी सम्हालेका थिए ।
रोहितले नेपालका लागि सर्वाधिक अर्धशतक बनाउने कीर्तिमान बनाएका छन् । उनले आज ७७ रन बनाए । आरिफ शेखले आफ्नो विकेट गुमाउनुअघि ४३ रन बनाए ।
आजको टोलीमा रहेका गुलसान झाले ३ छक्का र १ चौका प्रहार गर्दै ३७ रन बनाए । इनिङ्सको अन्त्यमा दिपेन्द्र सिंह ऐरीले उच्च आक्रामक ब्याटिङ गरे । दीपेन्द्रले १८ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३४ रन बनाए ।
यूएइ का लागी आर्यन लाक्रा, जुनैद सिद्दिकी र जहुर खानले १/१ विकेट लिए । अयान अफजल खान, जवर फरीद, जहुर खान र रोहन मुस्तफाले २–२ विकेट लिए ।
प्रतिक्रिया