एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत मलेसियाविरूद्धको खेलमा नेपाललाई झट्का लागिरहेको छ। कप्तान रोहितकुमार पौडेल ४२ रन बनाएर आउट भएका छन् ।
४३ बल खेलेका उनले पाँच चौकाको मद्दतमा ४२ रन जोडेका छन् । योसँगै उनी अर्धसतक बनाउनबाट चुके ।
अहिले कुशल मल्ल ब्याटिङ गर्न आएका छन्।
जवाफी ब्याटिङ गरिरहेको नेपाललाई जितका लागि २३६ रनको आवश्यकता छ।
यसअघि विष्फोटक ब्याटिङ गरिरहेका ओपनर कुशल भुर्तेल आउट भएका थिए । उनले ३१ बलमा ३८ रन बनाए र साेहि क्रममा उनले २ छक्का र ५ चौका पनि प्रहार गरे । उनी ओभरको अन्तिम बलमा आउट भएका हुन् ।
त्यस्तै नेपालले पहिलो ओभरमै ओपनर आशिफ शेखलाई १ रनमा गुमाएको थियो । त्यसपछि कुशल भुर्तेलले नेपालको ब्याटिङ केहि लयमा फर्काएका थिए तर भुर्तेल पनि ३८ रनमा आउट भएपछि नेपाललाई दबाब बढ्याे ।
अहिले क्रिजमा भीम सार्की र कुशल मल्ल छन् । सार्कीले ५६ बलमा ३२ रन बनाएर खेलिरहेका छन्।
प्रतिक्रिया