सन्दीप लामिछानेमाथिको बलात्कार मुद्दाको फैसला आज हुने - Khel Sarokar

सन्दीप लामिछानेमाथिको बलात्कार मुद्दाको फैसला आज हुने

Khel Sarokar

खेल सरोकार

सन्दीप लामिछानेमाथिको बलात्कार मुद्दाको फैसला आज हुने

नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेमाथिको बलात्कार मुद्दाको फैसला आज हुने भएको छ । सन्दीपविरुद्ध कम उमेरकी नाबालिकले गत वर्ष बलात्कारको आरोप लगाएर उजूरी दर्ता गरेकी थिइन् । यसबारे प्रहरीले अनुसन्धान गरी उनीविरुद्ध मुद्दा दायर गरेको थियो । त्यसपछि विदेशमा रहेका उनी नेपाल फर्किएलगत्तै पक्राउ परी हिरासत हुँदै कारागारमा राखिएका थिए ।

काठमाण्डौ जिल्ला अदालतले सन्दीपमाथिको मुद्दाको फैसलाको पेशी आज तोकेको हो । काठमाण्डौ जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा पठाएकोमा पाटन उच्च अदालतले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छोडेको थियो ।

त्यस्तै फागुन १५ गतेको सर्वोच्च अदालतको संयुक्त इजलासले क्रिकेटर सन्दीप लामिछानेलाई विदेशमा गएर प्रतियोगितामा भाग लिन कुनै अवरोध नगर्नु भन्ने आदेश दिएको थियो । न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा. कुमार चुडालको संयुक्त इजलासले उच्च अदालतको सर्तसहितको धरौटीमा छाड्ने आदेशको प्रकरण २१ को ‘क’ बदर गर्दै अन्य विषय सदर गरेको थियो ।

सन्दीप धरौटीमा रिहाई भई पुनः राष्ट्रिय टिममा समावेश छन् ।

 

प्रतिक्रिया