आईपीएल १६ औँ सिजनमा केही नयाँ नियमहरू लागू हुँदै - Khel Sarokar

आईपीएल १६ औँ सिजनमा केही नयाँ नियमहरू लागू हुँदै

Khel Sarokar

खेल सरोकार

आईपीएल १६ औँ सिजनमा केही नयाँ नियमहरू लागू हुँदै

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजन मार्च ३१ बाट सुरु हुँदैछ । १० टीमको सहभागिता रहने १६ औँ सिजनमा केही नयाँ नियमहरू लागू हुँदैछन् ।

टोलीले अब टसपछि ब्याटिङ वा बलिङको फैसला लिएपछि  सुरुवाती ११ तय गर्न पाउनेछन् । टसपछि टोलीले ४ जना ‘इम्प्याक्ट प्लेयर'  पनि बताउनुपर्नेछ ।

टस गरेर ब्याटिङ वा बलिङ गर्ने थाहा पाएपछि, त्यही हिसाबले आफ्नो सुरुवाती ११ चयन गर्न सक्नेछन् । यसअघि १५ सिजनसम्म टोलीहरूले एउटा सुरुवाती ११ को सूची लिएर टसमा आउँथे । टसपछि उनीहरुले त्यही टीम लिएर खेल्नुपर्थ्यो ।

आईपीएलमा नयाँ इम्प्याक्ट प्लेयरको नियम पनि थपिएको छ । टसपछि दुई टोलीले ४–४ इम्प्याक्ट प्लेयर बताउनुपर्नेछ । ४ इम्प्याक्ट प्लेयरमध्ये खेलका दौरान टोलीले एक जनालाई सुरुवाती ११ मा सामेल खेलाडीसँग साट्न सक्छन् ।

खेलका दुई पारीको १४ ओभरसम्म इम्प्याक्ट प्लेयरको नियम प्रयोग गरेर टोलीहरूले खेलाडी परिवर्तन गर्न सक्नेछन् । पुरै खेल अवधि भर यसलाई मात्र एक पटक प्रयोग गर्न सकिनेछ ।

इम्प्याक्ट प्लेयरले आफ्नो खातामा रहेको पुरै चार ओभर गर्न पाउनेछन् र पारीमा जति ओभर बचेको छ, त्यही अनुसार उनीहरुले बलिङ गर्न पाउनेछन् ।

IPL POINTS TABLE

Teams Matches Won Lost Tied NR Points NRR
Rajasthan Royals 3 3 0 0 0 6 +2.403
Punjab Kings 3 2 0 0 1 5 +0.637
Royal Challengers Bangalore 2 2 0 0 0 4 +2.501
Delhi Capitals 3 2 1 0 0 4 +0.811
Lucknow Super Giants 3 2 1 0 0 4 -0.359
Sunrisers Hyderabad 3 1 2 0 0 2 +0.275
Gujarat Titans 3 1 2 0 0 2 -0.270
Mumbai Indians 3 1 2 0 0 2 -0.715
Kolkata Knight Riders 4 0 3 0 1 1 -1.315
Chennai Super Kings 3 0 3 0 0 0 -2.517

प्रतिक्रिया