नेपालको सानदार प्रदर्शन: पिएनजीलाई २९८ रनको लक्ष्य - Khel Sarokar

नेपालको सानदार प्रदर्शन: पिएनजीलाई २९८ रनको लक्ष्य

Khel Sarokar

खेल सरोकार

नेपालको सानदार प्रदर्शन: पिएनजीलाई २९८ रनको लक्ष्य

टियु क्रिकेट मैदानमा खेलिएको खेलमा पीएनजीले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो।

नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ गरेका थिए ।नेपालका लागि आज ओपनिङ ब्याट्सम्यानले राम्रो खेले । उनीहरुले ओपनिङमा १०० रनको साझेदारी गरेका थिए । १०० रनको साझेदारीका लागि कुशल भुर्तेलले ४३ रन बनाएका थिए  र आसिफ शेखले ५४ रन बनाएका थिए । 

आसिफ शेखले आज एकदिवसीय क्रिकेटमा १००० रन पुरा गरेका छन् । आसिफ शेखले आज १०१ बलमा १० चौका र २ छक्का प्रहार गर्दै शतक बनाएका थिए । आसिफ शेखको यो पहिलो शतक हो ।

१८.४ ओभरमा नेपालले कुशल भुर्तेलको पहिलो विकेट गुमाएको थियो । उनले आफ्नो विकेट गुमाउनुअघि ४५ रन बनाएका थिए । कुशल मल्लले राम्रो खेल्न सकेनन् उनले २ रन जोडेर आफ्नो विकेट गुमाए ।आजको खेलमा पनि फर्म बाहिर रहेका ज्ञानेन्द्र मल्लले राम्रो प्रदर्शन गर्न सकेनन्। उनले जम्मा ११ रन बनाएर प्याभिलियन फर्के।

आसिफ शेखले रोहित पौडेलसँग पनि ५० रनको साझेदारी गरेका थिए। आसिफ शेखले आज ११० रन बनाए । रोहित पौडेलले ३०, भीम सार्कीले  ४४, आरिफ शेखले १५, दिपेन्द्र सिंह ऐरीले ७, कारण के सि ले ८, सन्दीप लामीछानेले ७, रन बनाएर विकेट गुमाए । अविजित सोमपाल कामीले ४ रन बनाए ।

बलिंग तर्फ पिएनजीका खेलाडी सेमो कमिया ५ , रिले हेकुरे ३, अले नाओ १  विकेट लिए ।

प्रतिक्रिया