फैसला सन्दिपको पक्षमा, सर्वोच्चको आदेश जुनसुकै देशको भ्रमण गर्न अनुमति प्रदान - Khel Sarokar

फैसला सन्दिपको पक्षमा, सर्वोच्चको आदेश जुनसुकै देशको भ्रमण गर्न अनुमति प्रदान

Khel Sarokar

खेल सरोकार

फैसला सन्दिपको पक्षमा, सर्वोच्चको आदेश जुनसुकै देशको भ्रमण गर्न अनुमति प्रदान

सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतले आज फैसला सुनाएको छ ।  सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुन: पक्राउ गर्नु नपर्ने फैसला गरेको छ । उनलाई विदेश जाने अनुमतिसमेत दिइएको छ । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट खेल्नका लागि जुनसुकै देशको भ्रमण गर्न अनुमति प्रदान गरेको छ । उच्च अदालत पाटनको फैसला उल्टाउँदै सन्दीपलाई विदेश जाने अनुमति दिइएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले उक्त फैसला गरेको हो । सर्वोच्चको फैसलामा केही शर्त पनि उल्लेख गरिएको छ ।  जसअनुसार सन्दीप खेल समाप्त भएपछि बाटोको म्यादबाहेक १५ दिनभित्र अदालतमा उपस्थित भएर जानकारी गराउनुपर्ने छ । यस शर्तको उल्लंघन गरेको खण्डमा यो सुविधा फिर्ता लिइने जानकारी सन्दीपलाई गराउन पनि अदालतले आदेश दिएको छ । 

अदालतले सन्दीपको रोक्का गरिएको राहदानी फुकुवा गर्न पनि सर्वोच्चले आदेश दिएको छ । सर्वोच्चको आदेशसँगै लामिछानेलाई विदेश जान बाटो खुलेको छ ।

उच्च अदालतले भने लामिछानेलाई सर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको थियो । उच्चको सो आदेशलाई सर्वोच्चले सदर गरी लामिछानेलाई विदेशसमेत जान पाउने अनुमति दिएको छ ।

प्रतिक्रिया