आईपीएल २०२३ को कमेन्ट्री १२ भाषामा हुने - Khel Sarokar

आईपीएल २०२३ को कमेन्ट्री १२ भाषामा हुने

Khel Sarokar

खेल सरोकार

आईपीएल २०२३ को कमेन्ट्री १२ भाषामा हुने

इन्डियन प्रिमियर लिग (आईपीएल २०२३) मार्च ३१ बाट सुरु हुदै छ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) को कमेन्ट्री यसपालि १२ भाषामा सुन्न पाउने भएको छ । आईपीएललाई थप प्रभावकारी बनाउन पञ्जाबी, उडिसा र भोजपुरी भाषामा पनि कमेन्ट्री गरिने भएको छ ।

पहिले आइपीएलको कमेन्ट्री दुई वटा भाषा हिन्दी र अंग्रेजीमा मात्र सञ्चालन गरिन्थ्यो भने यो सिजनदेखि स्टार स्पोर्ट्समा हिन्दी, अंग्रेजीसहित अन्य ९ स्थानीय भाषामा पनि कमेन्ट्री हुने भएको छ ।

स्टार टिभी र जियो सिनेमामा अंग्रेजी, हिन्दी, तमिल, तेलुगु, कन्नड, मराठी, गुजराती, बगाली, मलयालम भाषामा कमेन्ट्री हुने छ ।

जियो र स्टार स्पोर्ट्समा केही वरिष्ठ क्रिकेटरले कमेन्टेटरको भूमिकामा डेब्यु गर्दैछन् । यो सूचीमा मुरली विजय, एस श्रीसन्त, युसुफ पठान, मिताली राज र अस्ट्रेलियाका पूर्वकप्तान आरोन फिन्च र स्टिभ स्मिथ समावेश छन् ।

यस वर्ष, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (BBCI) ले १६औं सिजनका खेलहरू सञ्चालन गर्ने होम एन्ड अवे विधिलाई पुनर्स्थापना सहित नियम र ढाँचामा केही परिमार्जन गरेको छ।

आईपीएलमा यस वर्ष दस टोलीले ५२ म्याच दिनहरूमा कुल ७४ लिग खेलहरू खेल्ने छन् । यस सिजनमा सहभागी टोलीले नो बल र वाइड बलको समीक्षाका लागि तेस्रो अम्पायरसमक्ष अपिल गर्न सक्नेछन् ।

 

IPL POINTS TABLE

Teams Matches Won Lost Tied NR Points NRR
Rajasthan Royals 3 3 0 0 0 6 +2.403
Punjab Kings 3 2 0 0 1 5 +0.637
Royal Challengers Bangalore 2 2 0 0 0 4 +2.501
Delhi Capitals 3 2 1 0 0 4 +0.811
Lucknow Super Giants 3 2 1 0 0 4 -0.359
Sunrisers Hyderabad 3 1 2 0 0 2 +0.275
Gujarat Titans 3 1 2 0 0 2 -0.270
Mumbai Indians 3 1 2 0 0 2 -0.715
Kolkata Knight Riders 4 0 3 0 1 1 -1.315
Chennai Super Kings 3 0 3 0 0 0 -2.517

प्रतिक्रिया