श्रीलंकाद्वारा सुपर ओभरमा न्यूजील्याण्ड पराजित भएको छ । टी-२० सिरिजको पहिलो खेलमा श्रीलंकाले सुपर ओभरमा न्यूजील्याण्डलाई पराजित गरेको हो ।
श्रीलंकाले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो ।
श्रीलंकाले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९६ रन बनाएपछि टाई भएको खेल सुपर ओभरमा पुग्यो ।
दुवैको रन बराबर भएपछि खेलको निर्णय सुपर ओभरबाट गरिएको थियो ।
सुपर ओभरमा न्युजिल्याण्डले २ विकेट गुमाएर ८ रन बनायो । श्रीलंकाले तेस्रो बलमै ९ रनको लक्ष्य पुरा गर्यो ।
श्रीलंकाले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो ।
यो जितपछि श्रीलंकाले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ । सिरिजको दोस्रो खेल बुधबार अप्रिल ५ मा हुने छ ।
प्रतिक्रिया