नेपालले युएईलाई २३० रनको मध्यम लक्ष्य दिएको छ - Khel Sarokar

नेपालले युएईलाई २३० रनको मध्यम लक्ष्य दिएको छ

Khel Sarokar

खेल सरोकार

नेपालले युएईलाई २३० रनको मध्यम लक्ष्य दिएको छ

आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल र युएईबीचको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो। नेपालले आज निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनाएको छ ।

नेपालका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले ओपनिङ गरेका थिए । दुवैले आज राम्रो ब्याटिङ गरेनन् । ज्ञानेन्द्र मल्लले मात्र ११ रन बनाए भने आसिफ शेखले ६ रन बनाए । कुशल मल्लले इनिङ्सलाई नियन्त्रण गर्ने प्रयास गरे र आफ्नो विकेट गुमाउनुअघि ३२ रन बनाए।

कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले सस्तोमा आफ्नो विकेट गुमाए र क्रमशः १ र ४ रन मात्र जोड्न सफल भए ।

नेपालका लागि भीम सार्कीले उत्कृष्ट पारी खेले । नेपालका लागि उनले अर्धशतक प्रहार गरे । उनले ७ चौकाको मद्दतले ७० रन बनाए ।

भिम सार्की र आरिफ शेखले ५० रनको साझेदारी गर्दै नेपालको इनिङ्सलाई नियन्त्रणमा लिएका थिए । आरिफ शेखले ४३ रन बनाए ।

बलर सन्दीप लामिछानेले उत्कृष्ट ब्याटिङ खेले । उनले आज २७ रन बनाए।

युएईका जुनैद सिद्दिकीले ३, रोहन मुस्तफा र आर्यन लाक्राले २–२ तथा कार्तिक मेयप्पनले १ विकेट लिए ।

प्रतिक्रिया