आईपीएल २०२३ सुरु हुन दुइ दिन बाँकी - Khel Sarokar

आईपीएल २०२३ सुरु हुन दुइ दिन बाँकी

Khel Sarokar

खेल सरोकार

आईपीएल २०२३ सुरु हुन दुइ दिन बाँकी

मार्च ३१ बाट सुरु हुने बहुप्रतिक्षित क्रिकेट प्रतियोगिता आईपीएल २०२३ को लागि मात्र दुइ दिन बाँकी छ। IPL  आफ्नो पुरानो मापदण्डमा फर्किदा प्रशंसकहरू उत्साहित छन्  जहाँ प्रत्येक टोलीले सातवटा खेल खेल्नेछन्।

खेलहरु नेपाली समय अनुसार दिउँसो ३:४५ बजेदेखि सुरु हुनेछ र दिनकाे दुइ खेल हुने दिनमा खेल  साँझ ७:४५ बजेदेखि सुरु हुनेछन्।

पहिलो खेल गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच गुजरातको अहमदाबादमा हुनेछ ।

यस वर्ष, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (BBCI) ले १६औं सिजनका खेलहरू सञ्चालन गर्ने होम एन्ड अवे विधिलाई पुनर्स्थापना सहित नियम र ढाँचामा केही परिमार्जन गरेको छ।

५२ म्याच दिनहरूमा कुल ७४ लिग खेलहरू हुनेछन् र नयाँ सिजनको पहिलो डबल हेडर अप्रिल १ मा हुनेछ।

आईपीएलमा यस वर्ष दस टोलीले प्रतिस्पर्धा गर्दै छन् । ती हुन : चेन्नई सुपर किंग्स, रोयल च्यालेन्जर्स बैंगलोर, राजस्थान रोयल्स, गुजरात टाइटन्स, लखनऊ सुपर जायन्ट्स, दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद, पञ्जाब किंग्स र कोलकता नाइट राइडर्स।

यस सिजनमा सहभागी टोलीले नो बल र वाइड बलको समीक्षाका लागि तेस्रो अम्पायरसमक्ष अपिल गर्न सक्नेछन् ।

 

 

IPL POINTS TABLE

Teams Matches Won Lost Tied NR Points NRR
Rajasthan Royals 3 3 0 0 0 6 +2.403
Punjab Kings 3 2 0 0 1 5 +0.637
Royal Challengers Bangalore 2 2 0 0 0 4 +2.501
Delhi Capitals 3 2 1 0 0 4 +0.811
Lucknow Super Giants 3 2 1 0 0 4 -0.359
Sunrisers Hyderabad 3 1 2 0 0 2 +0.275
Gujarat Titans 3 1 2 0 0 2 -0.270
Mumbai Indians 3 1 2 0 0 2 -0.715
Kolkata Knight Riders 4 0 3 0 1 1 -1.315
Chennai Super Kings 3 0 3 0 0 0 -2.517

प्रतिक्रिया