आज राष्ट्रिय खेलकुद परिषद्ले अहिले चलिरहेको विवाद बारेमा ध्यानकर्षन निकालेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाली क्रिकेटर सन्दीप लामीछानेसँग प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले हात मिलाएको सम्बन्धमा अतिरन्जनापूर्ण प्रचार-प्रसार गरिएको भन्दै ध्यानाकर्षण गराएको छ । फागुन २ गते देखि ९ गते सम्म भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नेपाली खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गरि लगातार चार खेलमा चारै जित हासिल गर्दै नयाँ इतिहास रच्न सफल भएको उल्लेख गरिएको छ ।
प्रत्येक खेलाडीलाई उनीहरूको योगदानको लागि धन्यवाद दिन आमन्त्रण गरिएको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिममा समावेश गरि खेलाईएका खेलाडी सन्दीप लामिछानेसँग राष्ट्रिय खेलकुद परिषदका संरक्षक समेत रहेका प्रधानमन्त्रीले हात मिलाएको विषयलाई अतिरन्जनापूर्ण तवरबाट उछाल्ने कार्य भएको र सन्दीपलाई मात्र प्रधानमन्त्रीले भेटघाट गरेको जस्तै अर्थ लाग्ने गरि भएको प्रचारप्रति राष्ट्रिय खेलकुद परिषदको ध्यानाकर्षण भएको छ ।

प्रतिक्रिया