टर्कीमा भूकम्पपछि क्रिस्चियन अत्सु मृत फेला परेका छन् - Khel Sarokar

टर्कीमा भूकम्पपछि क्रिस्चियन अत्सु मृत फेला परेका छन्

Khel Sarokar

खेल सरोकार

टर्कीमा भूकम्पपछि क्रिस्चियन अत्सु मृत फेला परेका छन्

क्रिस्चियन अत्सु फेब्रुअरी ६ मा टर्कीमा आएको डरलाग्दो भूकम्पबाट बाँच्न सकेनन्, प्रारम्भिक रिपोर्टहरूमा उनी जीवित फेला परेको समाचार आएको थियो | 

४२,००० भन्दा बढी मानिसहरूले प्रकोपमा आफ्नो ज्यान गुमाए, जबकि अत्सुको बारेमा फेब्रुअरी ६ मा भूकम्प गएदेखि नै अज्ञात थियो। 

फेब्रुअरी ६ मा दक्षिणी टर्की र उत्तरी सिरियामा शक्तिशाली भूकम्प गएपछि प्रिमियर लिगका पूर्व खेलाडी देखिएका थिएनन्।

यसअघि न्युक्यासल युनाइटेड, चेल्सी र एभर्टन बाट उनले खेलेका थिए, अत्सुले भूकम्पको अघिल्लो दिन ह्याटेस्पोरका लागि गोल गरेका थिए, भूकम्पको परिणामस्वरूप ३१ वर्षीया बस्ने अपार्टमेन्ट ब्लक भत्किएको थियो।

अत्सुको क्लबले सुरुमा उसलाई भग्नावशेषबाट निकालिएको बताएको थियो, तर पछि तेस्तो नभएको पुस्टि भयो |  अहिले उनको शब उनको मातृभूमि घाना पठाउने तैयारी भइरहेको छ | 

प्रतिक्रिया