म्यानचेस्टर युनाइटेडले लिग कप जित्दै छ वर्षको ट्रफी खडेरी अन्त्य गरेको छ - Khel Sarokar

म्यानचेस्टर युनाइटेडले लिग कप जित्दै छ वर्षको ट्रफी खडेरी अन्त्य गरेको छ

Khel Sarokar

खेल सरोकार

म्यानचेस्टर युनाइटेडले लिग कप जित्दै छ वर्षको ट्रफी खडेरी अन्त्य गरेको छ

म्यानचेस्टर युनाइटेडले आइतबार वेम्बलीमा भएको लिग कपको फाइनलमा न्युक्यासललाई २–० ले पराजित गर्दै ६ वर्षयता पहिलो ठूलो उपाधि जितेको हो ।

कासेमिरोको हेडर र स्वेन बोटम्यानको आत्मघाती गोलको मद्दतमा एरिक टेन ह्यागको टोलीले पहिलो हाफलाई नियन्त्रणमा लिएको थियो र दोस्रो हाफमा न्यूक्यासलको दबाबको बाबजुद पनि दोस्रो हाफमा पनि म्यानचेस्टरले गोल हुन दिएन ।

सन् २०१७ पछि म्यानचेस्टर युनाइटेडका लागि यो पहिलो ट्रफी हो जहाँ जोसे मोरिनोको नेतृत्वमा युरोपा लिग र लिग कप जितेको थियो।

 

म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डे गियाले आइतवार साँझ क्लबसँग इतिहास रचे किनभने उनले पिटर स्माइकेलको लामो समयदेखिको क्लिन शीट रेकर्डलाई तोडेका छन् ।

अब केही दिनपछि म्यानचेस्टरले आफ्नो चिर प्रतिद्वन्द्वी लिभरपुलसँग खेल्नेछ ।

प्रतिक्रिया