नेपाल यू–१९ र कुवेत यू–१९ बीचको खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजे मालेक क्रिकेट मैदान मा सुरु भएको थियो। नेपालले कुवेतविरुद्ध आजको खेलमा टस जितेर ब्याटिङ रोजेको थियो ।
नेपालले ५० ओभर खेल्दै ७ विकेट गुमाएर ३४४ रनको लक्ष्य दिएको छ। नेपालका लागि दीपक बोहरा र अर्जुन कुमालले ओपनिङ गरेका थिए ।
नेपाल यू–१९ ले दिपक बोहराको पहिलो विकेट गुमाएको थियो। दिपक बोहराले विकेट गुमाउनुअघि १३ रन बनाए । ओपनिङ ब्याट्सम्यान अर्जुन कुमालले शतकीय पारी खेले । उनले ११२ बलको सामना गर्दै १०८ रन बनाए । उनले १२ चौका प्रहार गरेका थिए ।
आकाश त्रिपाठीले रनआउट भएर विकेट गुमाए । उनले आफ्नो विकेट गुमाउनु अघि १ बलको सामना गरे र २ रन बनाए। मध्यक्रमका ब्याट्सम्यान बिशाल विक्रम केसीले तीव्र पारी खेले । उनले १४ बलमा १६४.२९ को स्ट्राइक रेटमा २३ रन बनाए ।
नेपाल यू-१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा देव खनाल नियुक्त भएका थिए। गुलशन झाले युएइमा CWC लिग २ शृङ्खला खेल्ने सिनियर टोलीको प्रतिनिधित्व गर्ने भएकाले परिवर्तन गरिएको थियो । देव खनालले शतकसहित कप्तानी इनिङ खेले । उनले १०५ बलमा शतक पुरा गरेका थिए । उनले आफ्नो शतक पूरा गर्न ८ चौका र १ छक्का प्रहार गरे । देव खनालले विकेट गुमाउनुअघि कुल १२५ रन बनाएका थिए ।
आजको खेलको चाखलाग्दो कुरा के छ भने नेपाली टोलीमा दीपक बोहरा एउटै नामका दुई खेलाडी थिए । मध्यक्रमका ब्याट्सम्यान दीपक बोहराले बलियो ब्याटिङ प्रदर्शन गरे । उनले विकेट गुमाउनुअघि ९ बलमा १९ रन बनाएका थिए । उनले ४ चौका र २११.११ को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए ।
कुवेत यू–१९ का लागि हेनरी थोमसले १० ओभर पूरा गर्दै २ विकेट लिए । उनले आफ्नो बलिङ स्पेलमा ६६ रन दिए । अर्श साहिल काजमीले २ विकेट लिए । हैबर अली र जय महेशकुमार मेहताले १–१ विकेट लिए ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो ।
यसैबीच कुवेत यू–१९ आफ्नो पहिलो खेलमा हङकङ यू–१९सँग १ विकेटले पराजित भएको थियो ।
नेपालले उत्कृष्ट ब्याटिङ र बलिङ गर्दै कुवेतविरुद्ध २४३ रनको शानदार जित
प्रतिक्रिया