नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो। नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रन बनाएको थियो ।
नेपालका लागि अर्जुन कुमाल र कप्तान देव खनालले शतकीय पारी खेले । अर्जुन कुमलले १२ चौकाको मद्दतले १०८ रन बनाए । कप्तान देव खनालले ९ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक १२५ रन बनाए ।
देव खनाल जारी प्रतियोगितामा २ खेल खेल्दै सर्वाधिक १४६ रन बनाउने खेलाडी बनेका छन् । अर्जुन कुमालले दुई खेलमा १४५ रन बनाएका देव खनालभन्दा १ रन मात्र कम जोडेर दोस्रो स्थानमा छन् ।
नेपालको पहिलो इनिङ्स बारे जान्न यहाँ क्लिक गर्नुहोस्
नेपालका लागि आकाश चन्दले ६, हेमन्त धामीले २ तथा दिपेश कँडेलले २ विकेट लिए ।
नेपालले अब तेस्रो खेल फागुन १५ मा हङ्गकङ्ग, चौथो १६ मा मलेसिया र अन्तिम खेल यूएईसँग फागुन १८ मा खेल्नेछ ।
प्रतियोगितामा नेपालसहित सिङ्गापुर,कुवेत,हङ्गकङ्ग,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।
सन् २०२४ मा श्रीलंकामा हुने अण्डर १९ विश्वकपका लागि छनोट प्रतियोगिता भइरहेको हो ।
कुवेत U-19 ब्याटिङ इनिङ्स को पूरा खेल सारांश
कुवेतले ब्याटिङमा सामान्य सुरुवात गरेको थियो । कुवेतका लागि हेत किशोरभाइ हिन्सु र जुडे क्रिस्टोफर सालधनाले ओपनिङ गरेका थिए ।
५.४ ओभरमा कुवेतले पहिलो विकेट गुमाएको थियो ।आकाश चन्दको ओभरमा हेत किशोर भाइले आफ्नो विकेट गुमाए । उनले आफ्नो विकेट गुमाउनुअघि १६ बलमा १६ रन बनाएका थिए ।
सातौं ओभरको अन्तिम बलमा ओपनर जुडे क्रिस्टोफर सालधनाले आफ्नो विकेट गुमाए । उनले २४ बलमा ४ चौकाको मद्दतले २६ रन बनाए ।
दोस्रो विकेट गुमाएपछि कुवेतले तेस्रो विकेट पनि चाँडै गुमायो। आकाश चन्दले आफ्नो दोस्रो विकेटको लागि साउद मोहम्मद सदतको विकेट लिए । यससँगै कुवेतले ३ विकेट गुमाएर ५० रन बनाएको थियो।
हेमन्त धामीले ८.३ ओभरमा गौतम मोहनदासलाई आउट गरे । १० ओभरको अन्त्यमा कुवेतले ४ विकेट गुमाएर ५३ रन बनाउन सफल भयो । नेपालको बलिङको यो शानदार सुरुवात थियो । कुवेतले ६ ओभरदेखि ९ औं ओभरमा प्रत्येक ओभरमा १ विकेट गुमाएको थियो ।
कुवेतले आकाश चन्दको बलमा ११.४ ओभरमा जय महेशकुमार मेहताको पाँचौं विकेट गुमाएको थियो। मेहताको विकेट आकाश चन्दको तेस्रो विकेट थियो ।
आकाशले १४ औं ओभरको अन्तिम बलमा हेनरी थोमसको विकेट लिएर खेलको छैटौं विकेट र आफ्नो व्यक्तिगत चौथो विकेट लिएका थिए ।
कुवेतले २३ औं ओभरमा युसुफ सादिकको विकेट गुमाउदै आफ्नो सातौं विकेट गुमाएको थियो । त्यो विकेट दिपेश कँडेलले लिएका थिए । उनले २५ औं ओभरमा इथान सञ्जयलाई बोल्ड गरेर दोस्रो विकेट लिए । इथान सञ्जयको विकेटले कुवेतले २५ ओभरअघि नै ८ विकेट गुमाएको थियो।
आकाश चन्दले २८.५ औं ओभरमा आफ्नो पाँचौं विकेट पुरा गरे। उनले तलहा हसनलाई बोल्ड आउट गरेका थिए ।
१०० रन मात्र बनाउन सकेपछि कुवेतले आफ्नो १० औं विकेट गुमाएको थियो ।
प्रतिक्रिया