LIVE UPDATE : नेपाल यू-१९ vs यूएइ-१९ : नेपालले पहिलो बलमा नै विकेट गुमायो - Khel Sarokar

LIVE UPDATE : नेपाल यू-१९ vs यूएइ-१९ : नेपालले पहिलो बलमा नै विकेट गुमायो

Khel Sarokar

खेल सरोकार

LIVE UPDATE : नेपाल यू-१९ vs यूएइ-१९ : नेपालले पहिलो बलमा नै विकेट गुमायो

आजको खेलमा UAE U19 ले टस जितेर बलिङ रोजेको छ | 

नेपालका लागि अर्जुन कुमाल र दीपक बोहराले ओपनिङ गरेका थिए ।

नेपालले खेलको पहिलो बलमै पहिलो विकेट गुमाएको थियो । दीपक बोहरालाई हरित हरिश शेट्टीले बोल्ड आउट गरे ।

पहिलो ओभरको अन्त्यमा नेपालले १ विकेट गुमाएर ४ रन बनाएको थियो ।

सिनियर क्रिकेट टिमले पनि आज दुबई इन्टरनेशनल स्टेडियममा युएईको सिनियर टिमसँग खेल्दैछ ।

पछिल्लो समाचार अनुसार नेपालले अर्को विकेट गुमाएको छ । चौथो ओभरको अन्त्यमा नेपालले दुई विकेट गुमाएर ९ रन बनाएको थियो ।

हर्षित सेठले ३.५ ओभरमा अर्जुन कुमालको विकेट लिएका थिए | 

लाइभ अपडेट: ६ औं ओभरको अन्त्यपछि नेपालको स्कोर १९/२ छ।

सातौं ओभरको सुरुमै नेपालले तेस्रो विकेट गुमाएको छ ।  नेपालका लागि आकाश त्रिपाठीले तेस्रो विकेट गुमाए ।

८ औं ओभरको समाप्तिपछि नेपालको स्कोर २४ रन छ र ३ विकेट गुमेको छ ।

Click Here: नेपाल यू–१९ ले यूएई यू–१९ लाई १९२ रनको मध्यम लक्ष्य दिएको छ ।

प्रतिक्रिया