के सन्दिप युएई जाने भए त ? के भयो आज को फैसला - Khel Sarokar

के सन्दिप युएई जाने भए त ? के भयो आज को फैसला

Khel Sarokar

खेल सरोकार

के सन्दिप युएई जाने भए त ? के भयो आज को फैसला

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले विदेश जान पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दिएको पुनरावलोकनको निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । 

नाबालिग बलात्कार मुद्दाका आरोपित सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडेपछि उनलाई पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो । त्यस्तै सन्दीप लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले सुनुवाई नसकिएपछि मुद्धा हेर्दा हेर्दैमा राखेको हो । सन्दीपको मुद्धालाई अदालतले सोमबार पनि निरन्तरता दिनेछ । सन्दीपले आफुलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । 

राष्ट्रिय खेलकुद परिषद् : प्रधानमन्त्री ज्युले हाथ मिलाएको बिषय अतिरन्जनापूर्ण तबर ले उछालियो

प्रतिक्रिया