नेपालले टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको थियो |
१५ ओभरको अन्त्यमा स्कटल्याण्डले ३ विकेट गुमाएर ९३ रन बनायो ।
सन्दिप लामिछानेले उनको पहिलो दुई ओभरमा ३ विकेट लिए । ७.५ ओभरमा सन्दिपले एलबीडब्ल्यू मार्फत काइल कोट्जरको पहिलो विकेट लिए ।
काइल कोएट्जरले २३ बल खेलेर २२ रन बनाए ।
जर्ज मुन्सेले अर्धशतकीय पारी खेले । उनले ५० बलको सामना गर्दै ६० रन बनाए । सन्दीपले १३.५ ओभरमा जर्ज मुन्सेको विकेट लिए ।
जर्ज मुन्सेपछि सोही ओभरमा सन्दीपले रिची बेरिङटनको विकेट लिए । रिची बेरिङटन स्कटल्याण्डका कप्तान हुन् र उनी खेलमा डक आउट भए।
नेपाल प्लेइङ इलेभेन
आसिफ शेख (विकेट), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (क), कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी
स्कटल्याण्ड प्लेइङ इलेभेन
काइल कोएत्जर, जर्ज मुन्से, क्रिस्टोफर म्याकब्राइड, रिची बेरिंगटन (सी), म्याथ्यू क्रस (डब्ल्यूके), टोमस म्याकिन्टोस, ब्रान्डन म्याकमुलेन, माइकल लीस्क, क्रिस ग्रीभ्स, मार्क वाट, सफयान शरीफ
प्रतिक्रिया