सहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज बिहीबार दशौँ चरणका अन्तिम दुई वटा खेल हुँदैछ।
आज थ्री स्टार क्लब र हिमालयन शेर्पा तथा चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथ क्लबबीच खेल हुँदैछ ।
हुने पहिलो खेलमा थ्रीस्टार क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुँदैछ। यी दुर्इ टिमबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
थ्रीस्टार क्लब १५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ भने हिमालयन शेर्पा दुई खेल जितेर १३औँ स्थानमा रहेको छ ।
त्यस्तै आज हुने दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथबीच प्रतिस्पर्धा हुँदैछ । यी दुर्इ टिमबीचको खेल दशरथ रंगशालामा साँझ ६ बजेबाट सुरु हुनेछ ।
चर्च ब्वाइजले ९ खेलबाट १५ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ भने सातदोबाटोले ९ खेलबाट १७ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ।
प्रतिक्रिया