सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज सोमबार नवौँ चरणका दुई खेल हुँदैछन्।
नवौँ चरणको अन्तिम दुई खेलमध्ये एक खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ र एक खेल च्यासल मैदानमा हुनेछ । दिउँसो ३ बजेबाट सुरु हुनेछ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ।
सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेबाट हिमालयन र फ्रेन्ड्स क्लबले खेल खेल्ने छन् ।
हिमालयन शेर्पा क्लब ८ खेलमा ९ अङ्क जोडेर ११औँ स्थानमा रहेको छ ।
फ्रेन्ड्स फ्रेन्ड्स क्लब भने ५ अङ्क जोडेर पुछार स्थानमा रहेको छ ।
त्यस्तै, च्यासल मैदानमा हुने अर्को खेलमा थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।
दिउँसो ३ बजे नै च्यासल मैदानमा थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेडले खेल खेल्ने छन् ।
थ्री स्टार क्लब १४ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ भने चर्च ब्वाइज पाँचौँ स्थानमा रहेको छ ।
प्रतिक्रिया