सहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज तीनवटा खेल हुँदैछन् ।
दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ र एक खेल च्यासल मैदानमा हुनेछ ।
दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
मछिन्द्र ९ खेलबाट १३ अंकका साथ लिगको आठौँ स्थानमा रहेको छ भने एपीएफ समान खेलबाट ११ अंकका साथ नवौँ स्थानमा रहेको छ ।
त्यस्तै, दशरथ रंगशालामै हुने दोस्रो खेलमा फ्रेन्ड्स र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।
संकटा ९ खेलबाट १५ अंकका साथ लिगको सातौँ स्थानमा रहेको छ भने समान खेलबाट ८ अंक जोडेको फ्रेन्ड्स लिगको १३औँ स्थानमा रहेको छ ।
आजै च्यासल मैदानमा हुने खेलमा शीर्ष स्थानमा रहेको जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र पुलिसबीचको खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
९ खेलबाट १७ अंक जोडेको जावलाखेल शीर्ष स्थानमा रहेको छ भने पुलिस ५ अंकका साथ लिगको पुछारमा रहेको छ ।
प्रतिक्रिया